कामना टेलिभिजनको दोस्रो बार्षिक उत्सव तथा शाखा उद्घाटन कार्यक्रम हिजो सम्पन्न भएको छ । हिजो कामना टिभीले आफ्नो वार्षिकोत्सबको अवसर पारी कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वडा नं.८ बढैपुरमा शाखा कार्यालय समुद्धाटन गरिएको हो ।

कामना टिभीका अध्यक्ष वचन राज जोशीको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथी गौरिगङ्ग नगरपालिका का उपप्रमुख भोज बहादुर बम रहनु भएको थियो । त्यस्तै प्रमुख अतिथिमा केबि सौगात पोलि क्लिनिकका संचालक तथा नेपाल औषधि ब्यबशायि सघं का सह कोषाध्यक्ष खेम भट्ट र शुरो नेपाल सुप अध्यक्ष शुशिला खड्का रहनु भएको थियो । बिशिस्ट अतिथिमा गौरिगंगा नगरपालिका वडा न १ का वडा अध्यक्ष डबल बहादुर दियाकोटी, गौरिगंगा नगरपालिका वडा न १० का वडा अध्यक्ष नर सिंह सार्की ,वडा न ८ कि कार्यबाहक वडा अध्यक्ष कल्पना रोका लगायत थुप्रै पार्टी प्रतिनिधि समाजसेवि बुद्धिजीवी युवा शिक्षक सुरक्षाकर्मी पत्रकारहरुको उपस्तिथिमा शाखा कार्यालय समुद्धाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै विभिन्न वक्ताले कामना टिभीले आगामी दिन पनि सहि सुचना सम्प्रेषण गर्ने बिश्वास लिएका छन् । भने केही पत्रकारले गर्दा पत्रकारिता जगतमा नै धक्का पुग्ने काम भएको र कामना टिभिका सम्बादाताहरुले निस्पक्ष रुपमा गर्न सुझाब दिएका छ । कार्यक्रममा बोल्दै गौरिगंगा नगरपालिकाका नगर उपप्रमुख भोज बहादुर बमले कामना टिभीले छोटो समयमा निष्पक्ष ,अन्याय र अत्याचार विरुद्ध निरन्तर रुपमा काम गरि शाखा कार्यालय समुद्धाटन गर्नु उचित काम भएको बताएका छन् । उनका अनुसार आगामी दिन पनि कामना टिभिले समाज परिवर्तन गर्न ठूलो भुमिका खेल्ने बिश्वास लिएका छन् ।



