Advertisement

एनपीए बागमतीको आयोजनामा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न !

Advertisement

 नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) बागमती प्रदेशको आयोजनामा चितवनमा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न भएको छ । एनपीए बागमती प्रदेशका अध्यक्ष निर्मल रेग्मीको अध्यक्षतामा हिजो (शनिबार) अस्पतालहरुमा गुणस्तरीय औषधि सुनिश्चिता र व्यवस्थापनका लागि ‘ईन्स्योरिङ मेडिसिन्स क्वालिटि इन कम्युनिटि एण्ड हस्पीटल फार्मेसीस एण्ड जिपीपी, जिएसडिपी वीथ एक्सपाईरी म्यानेजमेन्ट’ विषयक कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि एनपीए अध्यक्ष ललित मोहन पन्तले फार्मेसीलाई सहज तरिकाले चलाउने कुरामा फर्मासिस्टहरु सजक हुनुपर्नेमा जोड दिए । उनले सही तरिका अवलम्बन गरी गुड फार्मेसी प्राक्टिस (जीपीपी) को अवधारणालाई आत्मसाथ गर्दै फार्मेसी चलाउनुको विकल्प नरहेको बताए । कार्यक्रममा पीक्यूयम् प्लसका सिनियर टेक्निकल एडभाइजर अच्युत विक्रम थापाले औषधीको गुणस्तर निर्धारण गर्ने विषयमा सबै पक्षको उत्तिकै हात रहेको बताए ।

कार्यशालामा प्रशिक्षकसमेत रहेका थापाले विभिन्न टेस्टहरु फार्मेसीहरुमा नै टेस्ट गरी औषधिको गुणस्तर निर्धारण गर्ने कार्य सुरु गरेको बताए । कार्यक्रममा प्रशिक्षक एवं औषधी व्यवस्था विभाग वीरगञ्जका प्रमुख किरण सुन्दर बज्राचार्यले जीपीपीअन्तर्गत फार्मेसीहरुमा बस्ने फार्मासिस्टहरुको नियत परिवर्तन हुनुपर्ने भन्दै प्रोफेसन् र अकुपेसनको बारेमा आफू प्रष्ट हुन आग्रह गरे ।

यसैबीच नेपाल फर्मास्युटिकल एसोसिएसन बागमती प्रदेशका सचिव सन्दीप पाठकले फर्मासिस्टहरुको क्षमता अभिवृद्धि कार्यक्रमले सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने भएकाले आगामी दिनमा समेत एनपीएले फर्मासिस्टहरुका लागि विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

सो कार्यशालामा औषधी गुणस्तर, म्याद नाघेका औषधी व्यवस्थापन र लागूऔषध व्यवस्थापनलगायत विविध विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा ८६ जनाले सहभागिता जनाएका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज