Advertisement

मौसममा फेरबदलसँगै ‘फ्लुभिड’ : रुघाखोकी निको नभएमा जाँच गराउन डाक्टरको सल्लाह

Advertisement

केही दिनदेखि मौसममा फेरबदलसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । बिरामी भएर अस्पताल पुग्ने धेरै बिरामीमा मौसमी फ्लु र कोभिड–१९ दुईवटै भाइरस पुष्टि भएको छ । दुवै भाइरस एक साथ देखिएकाले डाक्टरले यसलाई ‘फ्लुभिड’ को नाम दिएका छन्

काठमाण्डौमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएको हप्तापछि १० जनाभन्दा धेरै बिरामीमा ‘फ्लुभिड’ पाईएको छ । यसमा धेरै ज्येष्ठ नागरिक रहेका डाक्टरले बताएका छन् । तर बालबालिका, दीर्घरोगी र अरू उमेर समूहका पनि उत्तिकै जोखिममा रहेका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो । अहिले अस्पताल पुग्ने बिरामीमा मौसमी फ्लु र कोरोनाको लक्षण एकैसाथ देखिएको र परीक्षण गर्दा दुवै भाइरस पुष्टि भएको उहाँको भनाइ छ ।

अहिलेको मौसममा रुघाखोकी र सामान्य ज्वरो स्वभाविक भए पनि केही वर्षदेखि कोरोना संक्रमण पनि हुन थालेको छ ।  दुवै भाइरस सक्रिय भएर स्वास्थ्य समस्या आएको भने पहिलो पटक अनुभव गरेको डाक्टर पुनले बताउनुभयो । ‘फ्लुभिड’ को लक्षण पनि मौसमी रुघाखोकी र कोरोनाको जस्तै हुने सरुवारोग विशेषज्ञ डाक्टर पुनको भनाई छ ।

बिरामीले पहिले मौसमी रुघाखोकी भन्दै समयमा नजँचाउँदा पछि स्वास्थ्यमा समस्या आउने क्रम बढेको छ । यसले गर्दा कोरोनाका बिरामीलाई निमोनिया भएको पनि थाहा नहुने र स्वास्थ्यमा जटिल समस्या हुने जोखिम रहेको डाक्टरको भनाई छ । रुघाखोकी लागेर लामो समय निको नभए स्वास्थ्य परीक्षण गरिहाल्न डाक्टर पुनको आग्रह छ । उहाँले कोरोनाविरुद्धको खोप र मौसमी फ्लु रुघाखोकीको खोप पनि आवश्यक मात्रामा लगाउन सुझाव दिनुभएको छ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज