
कञ्चनपुर – बैङकिङ कसुर मुद्दामा फरार प्रतिवादी कञ्चनपुरकी जानकी कुवँर धनगढीबाट पक्राउ परेकी छिन् ।
जिल्ला अदालत कञ्चनपुरले २०८० पुस २ गते बैङकिङ कसुर मुद्दामा १ महिना कैद र ५ लाख ६० हजार जरिवाना फैसला सुनाएपछि कुवँर फरार रहेकी थिइन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ बस्ने ४५ वर्षीया कुवँरलाई जिल्ला प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीवार दिउँसो धनगढीबाट पक्राउ गरेको बताइएको छ ।

