
गौरीगंगा – गौरीगंगामा नेल्टाद्वारा नि:शुल्क रेबिज विरुद्ध खोप कार्यक्रम तथा सचेतना कार्यक्रम-२०८० सम्पन्न भएको छ ।
गौरीगंगा नगरपालिकाको ११ वटै वाडामा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) द्वारा सञ्चालित नि:शुल्क रेबिज विरुद्ध खोप कार्यक्रम आज नगरपालिकाको वडा नम्बर ५ मा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा दुई सयभन्दामाथि कुकुरहरुलाइ रेबिज सुइँ लगाएको नेल्टा संघका प्रदेश सचिव हेमन्त उपाध्ययले बताएका छन् ।
पशु सेवाका प्रमुख डाक्टर हेमराज अवस्थीका अनुसार गौरीगंगा नगरपालिकामा १५ सय जति कुकुर रहेका र सबैमा नभए पनि कम्तिमा एक हजारभन्दा बढीलाई रेबिज विरुद्धको खोप लगाइने भएको छ ।

