
अछाम : अछाममा आगलागी हुँदा दुई बालबालीकाको जलेर मृत्यु भएको छ ।
मेल्लेख गाउँपालिका–३ दार्वाका जयबहादुर बुढाका ३ वर्षीय छोरा अंङ्कीत बुडा र झङ्करे बुढाकी नातीनी ६ वर्षीया निरुता बुढाको आगोमा परि मृत्यु भएको हो ।
खरले छाएको ढुङ्गा र काठको गोठमा बुधवार आगलागी भएको हो । उक्त आगलागीबाट दुबै बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
आगलागीबाट गोठ जलेर नष्ट भएको छ भने घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

