Advertisement

बयालपाटा अस्पतालको नीतिगतरुपमै समस्या समाधान गरिदै !

Advertisement

धनगढी । अछामको साँफेबगरस्थित बयालपाटा अस्पतालको नीतिगत ब्यबस्था गरी समस्या समाधान गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय लागिपरेको जनाएको छ। मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति सार्बजनिक गर्दै सो कुरा बताएको हो। 

न्याय हेल्थ नेपाल र प्रदेश सरकारको साझेदारीमा संचालनमा रहेको बयालपाट अस्पतालमा पछिल्लो समय केहि समस्या देखिएकोले मन्त्रालयले सुदूरपश्चिम सरकारसँग सो बिषय राखीसकेको र सम्बद्ध सबै पक्षसँग छलफल गरि समनोन्मुख रहेको मन्त्रालयका प्रवक्ता हेमराज खड्काद्वारा प्रेषित विज्ञप्तिमा जनाएको छ। 

बयालपाटा अस्पतालका समस्यलाई सधैकालागि समाधान गर्न प्रदेश सरकार मातहत ल्याएर थप स्तरोन्नती र व्यबस्थित गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय लागिपरेको विज्ञप्तीमा जनाइएको छ । यसअघि मन्त्री झपटबहादुर साउदले पनि अछाममा रहेको  बयालपाटा अस्पतालको समस्या सधैकालागि अन्त्य गर्ने पहल भइरहेको बताएका थिए। 

प्रदेश भरिका सामुदायिक अस्पताल र बयालपाटा अस्पताललाई स्तोरन्नती सहित जनशक्ति व्यवस्थापनमा आवश्यक प्रक्रियाका साथ लागिपरेको भन्दै मन्त्री साउदले केहि दिनअघि मात्रै वयलपाटा अस्पतालमा शल्यक्रिया  मार्फत प्रसूति गर्ने एमडीजीपी डाक्टर  पठाएका थिए । 

गुणस्तरीय स्वास्थ्य सेवा प्राप्तिका लागि प्रत्येक नागरिकको समान पहुँच हुनुपर्दछ भन्ने मन्त्रालयको साझा धारणा रहेको समेत उनले स्पस्ट परेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज