कैलाली स्थित गौरिगंगा नगरपालिकामा अधिकांश काम सेटिङकै भरमा हुने गरेको वडा सदस्यले बताएका छन् । नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र हुने विभिन्न काम कारवाही कानुनि प्रक्रिया विपरीत भएपनी सेटिङमा सबै भईरहेको बताएका छन ।

अहिले नेपालभरका सबै स्थानीय तहमा हिउँदे अधिवेसन भईरहेको छ । आज कैलालीको गौरिगंगामा पनि हिँउदे अधिवेशन भईरहेका बेला एक वडा सदस्यले गौरिगङ्गा नगर पालिका मा आज पनि सेटिङ मै काम हुन्छ भनेर अधिवेशनमै भनेका छन ।
गौरिगंगा नगरपालिका वडा नम्बर ४ का वडा सदस्य बलराम सापकोटाले अधिवेशनमै “हामिले सुशासन सुशासन भन्ने तर कर्मचारी राख्दा पनि अझै उहीँ सेटिङ छ” भनेर भन्नुभएको छ । उहाँले आगामी दिनमा सेटिङलाई तोडेर निस्पक्ष भएर अघि बढ्न समेत पालिका प्रमुखलाई सुझाव दिएका छन् ।

