Advertisement

नेपाली बिरामीसँग प्रेममा परेर नेपाल आएकी थिइन् पहिलो नर्स लामु अमात्य !

Advertisement

लामू अमात्यलाई नेपाल सरकारले ‘पहिलो नेपाली नर्स’को मान्यता दिएको छ। जो नेपालीसँग विवाह गरेर नेपाली नागरिक बनेकी थिइन्। भारतको दार्जीलिङमा विक्रम संवत् १९८८ माघ १४ गते जन्मिएकी उनी कलकत्तामा हुर्केकी हुन्।

उनी नेपाल आउनुसँग एउटो संयोग छ। त्यो हो आफू नर्सिङ पढिरहेकै मेडिकल कलेजको अस्पतालमा उपचाररत बिरामीको प्रेममा पर्नु। ती नेपाली थिए, काठमाडौँका रैथाने भुवनेश्वर अमात्य। उनी पनि त्योबेला कलकत्तामै पढ्थे। सोही बेला उनको खुट्टामा समस्या आयो। उनी उपचारका लागि कलकत्ता मेडिकल कलेजमा भर्ना भए।

त्यहीँ नर्सिङ पढिरहेकी लामूसँग भुवनेश्वर सुरुमा एकोहोरो प्रेममा परे। उनी प्रेममा पर्नुको कारण लामूको कत्थक नृत्य हो। मेडिकल कलेजको सांस्कृतिक कार्यक्रममा लामूले कत्थक नाँच देखाएकी थिइन्। अस्पतालमै उपचाररत भुवनेश्वर नाच हेर्न पुगेका थिए। भुवनेश्वरलाई लामूको नृत्य र सौन्दर्यले त्यतिबेलै आकर्षित गर्‍यो। त्यस्तै ३ देखि ४ हप्ता अस्पताल भर्ना भएका भुवनेश्वरलाई रेखदेख गर्न सिकारु नर्सका रुपमा लामू आइरहन्थिन्। उनीहरुको भेटघाट भइरह्यो। यही क्रममा कुराकानी भयो, माया मौलाउँदै गयो। भुवनेश्वर र लामूका कान्छो छोरा चर्चित गायक योगेश्वर अमात्य भन्छन्, ‘आमाको नृत्य र रुप देखेपछि बुवा पग्लिनुभएको होला। आमा नेपाली भाषी नै भएकाले कुराकानी, भेटघाट गर्न सजिलो भएछ र अस्पताल बसाइकै क्रममा प्रेम पनि बसेछ।’

नर्सिङ नसकिँदै सन् १९५३ मा भुवनेश्वरसँग विवाह गरेर नेपाल आइन् लामू। सन् १९५४ मा स्टाफ नर्सको पढाइ सकिएपछि नेपाली नागरिकता लिएर नेपालमै सेवा गर्ने उद्देश्यले उनले कलकत्ता छोडिन्।

आमाले नेपालकै पहिलो नर्सिङ स्कुल काठमाडौँको क्षेत्रपाटीमा खोलेको छोरा योगेश्वर बताउँछन् । भन्छन्, ‘राजा महेन्द्रको अनुरोधमा उहाँले नर्सिङ स्कुल खोल्नुभएको थियो।’

लामूले २०१२ साल फागुन ३० गतेदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेर काम गर्न थालेकी हुन्। नेपालमै मिडवाइफ्रीको तालिम दिने तीन वर्षे परियोजनाका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट एकजना नर्स मिस रोज नेपाल आएकी थिइन्। उनलाई साथ दिन लामूलाई सरकारी सेवामा राखिएको थियो।

यसरी नेपालमा काम गर्ने र नेपाली नागरिकका रुपमा उनी पहिलो नर्स भइन्। तर, उनी नेपाली नागरिकको सन्तान भने थिइनन्। त्यसैले नेपालीकै सन्ततिलाई पहिलो नर्स ठान्नुपर्ने विवाद उठेको थियो। नेपालीकी सन्तानका रुपमा पहिलो नर्स भने उमादेवी दास हुन्।

मन्त्रालयले कारण खुलाउँदै भनेको थियो, ‘बुहारी र छोरीका कुरा भावनात्मक हुन्। सरकारले हेर्दा नेपाली नागरिकका रुपमा हेर्ने गर्छ। नेपालीसँग विवाह गरेर नेपाली नागरिकता हासिल गरेकाले पहिलो नेपाली नर्सको उपमा सरकारले लामूलाई दिएको हो।’

२०६९ साल जेठ १९ गते लामूको निधन भयो। ८३ वर्षको उमेरमा निधन भएकी उनलाई अन्तिमका केही वर्ष अल्जाइमर्स भयो। योगेश्वर भन्छन्, ‘अल्जाइमर्स भएको समयमा मान्छेको अनुहार पनि चिन्नु हुन्थेन तर नर्सलाई पढाउन जानुपर्छ भनिरहनु हुन्थ्यो।’ यो कुराले योगेश्वरलाई आमाले नर्सिङ क्षेत्रमा पुर्‍याएको योगदानको कुनै न कुनै रुपमा कदर भइदियोस् भन्ने लागेको थियो। उनी आफू पनि केही गर्ने मनसायमा थिए तर त्यही बेला ‘पहिलो नेपाली नर्स को हो?’ भन्ने  विषयमा स्वास्थ्य मन्त्रालयले स्पष्ट धारणा दिन सकेन।

First Nurse1.jpg

त्यसपछि योगेश्वर लागे, सम्पूर्ण प्रमाण जुटाउन। प्रमाण जुटाएर पटक–पटक स्वास्थ्य मन्त्रालयको दैलोमा पुगेर उनले ‘पहिलो नेपाली नर्स को हो?’ भन्ने प्रश्नको जफाव मागे। तर, यसअघिका कुनै पनि मन्त्री वा स्वास्थ्य मन्त्रालयका अधिकारीले उनको कुरा सुनिदिएनन्। उनी भन्छन्, ‘गगन थापा मन्त्री हुनुभएपछि एकपल्ट फेरि गएँ। उहाँले जो भए पनि छानविन गरेर क्लिएर गर्न निर्देशन दिनुभयो। त्यसैको परिणाम आज आमाले न्याय र सम्मान पाउनु भएको छ।

यसरी २०७४ सालमा अमातत्य पहिलो नर्स ठहरिइन्।  नेपालमा नर्सिङ सेवाका लागि भने सन् १९२८ मा विद्यादेवी कंसाकार, राधादेवी मालाकार, धर्मादेवी कंसाकार र विष्णुदेवी माली गरी ४ जनाले  १८ महिने मिडवाइफरी तालिम लिएर नेपाल फर्किएको देखिन्छ।  भारतबाट तालिम लिएर फर्केपछि उनीहरूले वीर अस्पतालमा सेवा सुरु गरेका हुन्।  

औपचारिक  हिसाबले नेपालमा जन्मिएर नर्सिङ कोर्स पूरा गर्नेमा भने डा उमादेवी दास र रुक्मिणीचरण श्रेष्ठलाई मानिन्छ। उनीहरु सन् १९५२ मा भारत  पठाइएका थिए। उनीहरुले स्टाफ नर्स कोर्स पूरा गरेर वीर अस्पालमा सेवा सुरु गरेका हुन्। नेपालमै नर्सिङ शिक्षाको सुरुवात सन् १९५६ मा सुरेन्द्र भवनमा पहिलो नर्सिङ स्कुल स्थापना गरेपछि मात्र भएको हो। 

अर्काइभबाट

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज