Advertisement

अब मेनुकाले मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने

Advertisement

काठमाडौं – इण्डियन आइडलमा प्रतिस्पर्धा गरिरहेकी नेपालकी मेनुका पौडेललाई समयले साथ दिइरहेको छ । यो गायन रियालिटी शोमा उनी उत्कृष्ट १० मा छनोट भइसकेकी छिन् ।

यतिबेला भने मेनुकालाई लिएर खुसीको खबर छ । अब उनले एक्लै हिंड्न, मान्छे चिन्न र सजिलैसँग पढ्न सक्ने भएकी छन् । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले यी काम गर्न सक्नेछिन् ।

मेनुकालाई यो उपचारमा इण्डियन आइडलले सघाउने भएको छ । यसैसाता आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो । चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने तर विशेष डिभाइसको मद्दतमा आंशिक दृष्टि पाउन सक्ने ती चिकित्सकले बताए ।

ती डाक्टरले भनेका छन्, ‘आँखामा अप्टिक नर्भ्स हुन्छ । मेनुकाको त्यो नर्भ्सले काम गरेको छैन । उनले पूर्णरुपमा देख्न सक्ने सम्भावना छैन । यो परिस्थितिमा हामीसँग यस्तो डिभाइस छ, जसले केही कामहरु आफैं गर्न सक्नेछिन् ।’

ती चिकित्सकका अनुसार त्यो उपकरण राखेपछि मेनुकाले एक्लै हिंड्न, मान्छेको अनुहार चिन्न सक्नेछिन् । ‘उनलाई आफैं थाहा हुनेछ कि उनको अगाडि को उभिएको छ ? सजिलैसँग पढ्न पनि सक्नेछिन् । उनका लागि यो ठूलो सहयोग हुनेछ,’ ती चिकित्सकले भने ।

यो खबर थाहा पाएपछि इण्डियन आइडलकी जज श्रेया घोषालले भनिन्, ‘म निकै खुसी छु । नयाँ वर्षमा यो खुसीको खबर आएको छ । म यो क्षण हेर्नका लागि निकै आतुर छु ।’ मेनुकाले पनि आफू उत्साहित रहेको बताइन् । त्यसपछि मेनुकाले गजबको पर्फमेन्स दिएकी थिइन् । यो पर्फमेन्समा जजले उठेर सम्मान व्यक्त गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज