Advertisement

अयोध्यामा प्राण-प्रतिष्ठा : धनगढीमा शोभायात्रा र दीप प्रज्वलन 

Advertisement

धनगढी – सोमबार धनगढीमा शोभायात्रा र दीप प्रज्वलन गरिएको छ ।

आज रामको जन्मभूमि अयोध्यामा निर्माण भएको नयाँ मन्दिरमा भगवान् रामको मूर्तिको प्राण-प्रतिष्ठा गरिएको दिनका अवसरमा धनगढीमा शोभायात्रा र दीप प्रज्वलन गरिएको हो ।

विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितीको आयोजनामा आज सोमबार अपराह्न ३ बजेर ३० मिनेमा धनगढीको ट्राफिक चौराहबाट धनगढीको एलएन चोक हुँदै पार्कमोडसम्म शोभायात्रा गरिएको हो भने साझ ५ बजे पार्कमोडमा दीप प्रज्वलन गरिएको छ ।

भारतको अयोध्यामा भएको उक्त नयाँ मूर्तिको प्राण प्रतिष्ठालाई धनगढीको रामजानकी मन्दिर, लक्ष्मीनारायण मन्दिर, मानवसेवा आश्रम र ब्रह्मकुमारी इश्वरिय विश्वविद्यालयबाट आज दिउँसो १२ बजेर ३० मिनेटमा ठुलो पर्दामा देखाइएको छ । 

भगवान् राम भारतमा मात्रै नभई विश्वभरिका हिन्दू सनातनीहरूका आस्थाको केन्द्रविन्दु रहेको समितिका अध्यक्ष महेन्द्रराज पन्तले बताएका छन् । 

त्यस्तै विभिन्न स्थानमा आफ्नो नजिकको मन्दिरमा अवस्थित देवी-देवताहरूको भजन-कीर्तन, आरती पूजा, सामूहिक रूपमा विजय महामन्त्र “श्री राम जय राम जय जय राम” १०८ पटक जप, सामूहिक रूपमा हनुमान चालिसा पाठ र साँझ सूर्यास्तपछि आफ्नो घरको अगाडि दीप प्रज्वलन गरिएको छ ।

हजारौंको उपस्थितिमा आज धनगढीमा भएको शोभायात्रा र दीप प्रज्वलन कार्यक्रमका प्राज्ञिक विद्यार्थी परिषद्, हिन्दू स्वयंसेवक सङ्घ, ओम शान्ति परिवार , विभिन्न मठमन्दिरका पदाधिकारी र हिन्दू धर्मप्रति आस्था राख्ने जनमानसहरूको सहभागितामा सम्पन्न भएको समितिका सचिव सिद्धराज पनेरुले बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज