Advertisement

धनगढीमा सम्पन्न फारवेष्ट पशुपति कपको उपाधि स्टार सिटीलाई 

Advertisement

धनगढी – एनआरएनए छैटौं फारवेष्ट पशुपति कप २०८० को उपाधि साविक विजेता स्टार सिटी युवा क्लब धनगढीले जितेको छ ।

शनिबार धनगढी रंगशालामा भएको फाईनल खेलमा ईलाईट युवा क्लब कैलारी गाउँपालिका वडा नम्बर ६ वनकट्टालाई ३–२ ले हराउँदै लगातार दोस्रो पटक स्टार सिटी च्याम्पीयन भएको हो ।

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको रोमाञ्चक फाईनल खेलमा पहिलो हाफमा चार गोल भएको हो भने दोस्रो हाफमा एक गोल मात्रै भएको हो ।

पहिलो हाफको ९ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै स्टार सिटीले अग्रता बनायो । ईलाईटका खेलाडीले फल गरेपछि पाईएको पेनाल्टीलाई क्षितिज भण्डारीले गोलमा परिणत गरे । पहिलो हाफकै २६ मिनेटमा ईलाईटले खेल बराबरीमा ल्यायो । स्टार सिटीका खेलाडीले डिवक्सभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई ईलाईटका विदेशी खेलाडी नोग्नाउ नोग्नाउले गोल गरे । 

एक एक बरीबरमा रहेको अवस्थामा पहिलो हाफकै ३९ औं मिनेटमा ईलाईटका विनोद केसीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता ३ मिनेटभन्दा बढी समय टिक्न सकेन् । पहिलो हाफको ४१ औं मिनेटमा स्टार सिटीका लागि प्रदीप लामाले गोल गर्दै खेलाडीलाई २–२ को बराबरीमा पुराए ।

पहिलो हाफमा बराबरी भएको अवस्थामा दोस्रो हाफको २२ औं मिनेटमा गोल गर्दै प्रदीप लामाले व्यक्तीगत दोस्रो गोल गर्दै स्टार सिटीलाई अग्रता दिलाए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन नसकेपछि स्टार सिटी दोस्रो पटक च्याम्पीयन बनेको हो । स्टार सिटीलाई च्याम्पीयन बनाउन फाईनलमा दुई गोल गरेका प्रदीप लामा म्यान अफ द म्याच भए । उनले नगद ५ हजार प्राप्त गरेका छन् । च्याम्पीयन भएसँगै स्टार सिटीले नगद ५ लाख प्राप्त गरेको छ । पहिलो सहभागीता जनाएर उपविजेता बनेको ईलाईटले नगद २ लाखमा चित्त बुझाए ।

प्रतियोगिताका अधिकांश विधामा स्टार सिटीले कब्जा जमाएको छ । स्टार सिटीका प्रदीप लामा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बने । उनले नगद २५ हजार प्राप्त गरे । स्टार सिटीका अमानत सेख उत्कृष्ट गोलरक्षक, कुवेर सिंह सर्वाधिक गोलकर्ता भए । उनीहरुले जनही नगद १५ हजार प्राप्त गरे । स्टार सिटीकै निलेश बिष्ट उत्कृष्ट प्रशिक्षक भए । उनले नगद १० हजार पाए । ईलाईका चेतन थारु उत्कृष्ट रक्षक बने । उनले पनि नगद १५ हजार प्राप्त गरे । आयोजक फारवेष्ट पशुपति युवा क्लबका सुशिल विश्वकर्मा उदयमान खेलाडी बने । उनले नगद १५ हजार प्राप्त गरे ।

च्याम्पीयन बनेको स्टार सिटीका कप्तान कुवेर सिंहले आफ्नो टीमल अघिल्ला खेलहरु जस्तै तालमेल मिलाएर खेलेका कारण च्याम्पीयन भएको बताए । स्टार सिटीका प्रशिक्षक निलेश बिष्टले टीमको रणनिति अनुसार नै खेलेर उपाधि जितेको बताए । उनले आफ्ना खेलाडीहरुले शत प्रतिशत दिएर खेलेको बताए ।

पहिलो पटक फारवेष्ट कपमा सहभागीता जनाएर उपविजेता बनेको ईलाईट क्लबका कप्तान योहन्ना चौधरीले आफुहरुले राम्रो खेलेको भएपनि भाग्यले साथ नदिएको बताए । उनले पाएका मौकाहरु गोल नहुँदा टीम पराजित भएको बताए । ईलाईटका प्रशिक्षक अमर चौधरीले आजको दिन आफ्नो पक्षमा नरहेको भन्दै राम्रो खेल्दा पनि उपाधि जित्न नसकेको बताए । उनले आशा गरिएका खेलाडीले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको स्वीकारे ।

विजयी खेलाडीहरुलाई एक समारोहबा बीच पुरस्कार वितरण गरिएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह, विशिष्ठ अतिथि गैर आवासीय नेपाली संघका मुख्य कार्यकारी अधिकृत राजेन्द्रकुमार रावत लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद रहेको थियो भने मुख्य प्रायोजकमा एनआरएनए रहेको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज