
धनगढी – विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिको शुभचिन्तक सम्मेलन सम्पन्न भएको छ ।
धनगढी उपमहानगरपालिका-१ मा रहेको पतञ्जली योग केन्द्र सुदूपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।
विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय महासचिव जितेन्द्र सिंहको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तको अध्यक्षता रहेको थियो ।
धनगढी नगर समितिका सचिव सिद्धराज पनेरूले सञ्चालन गरेको उक्त कार्यक्रम स्व:धर्म संस्कृति संरक्षणका लागि शुभचिन्तक सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वडा नम्बर ७ र १६ को सत्सङ्ग समिति बनाएर भजन सामाग्री प्रदान गरिएको जनाइएको छ ।
सोमबार सम्पन्न उक्त सम्मेलनमा करिव २ सयको उपस्थिति रहेको थियो ।


