Advertisement

दुई बुँदे माग राख्दै डा गोविन्द केसीले आज साँझबाट तीन दिने अनसन सुरु गर्दै

Advertisement

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रह सुरु गर्न लागेका छन्। डा केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेका हुन्।

डा केसीको हालै पित्तथैलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरेको १० दिन मात्र भए पनि डा केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै आमरण अनसन सुरु गर्ने घोषणा गरेका हुन्। 

डा केसीले यसअघि भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने सहित सरकारी अस्पतालमा माग अनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र निशुल्क औषधिहरु सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने मागहरु रहेका छन्।

हेरौं डा केसीका मुख्य दुई बुँदे माग
१. सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।

२. यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस् । सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने; चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने; जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने ।
१००शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम हरु शुरु गर्ने। 
विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने; ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने सबै सरकारी नियुक्तिहरुमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्ने।

विज्ञप्तिको पूर्णपाठ

हामी लामो समयदेखि स्वास्थ्य विषयका शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, कुना काप्चा र विपन्न वर्गका देखि लिएर सवै नेपाली हरुको गुणस्तरिय, निशुल्क/सस्तो सुलभ स्वास्थ्य  सेवा तथा शिक्षामा समान पहुँच का लागि र सुशासनका लागि लड्दै आएको सवै लाई अवगत नै छ।
 त्यसका लागि बारम्बार सत्याग्रही आन्दोलन समेत गरेका छौं । तर जुन पार्टीहरु सरकारमा गए पनि इमान्दारीसाथ हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरेका छैनन् । वरु वारम्वार धोका दिइ रहेका छन्।

यसैबीच देशमा सबै क्षेत्रमा दण्डहीनता चुलिएर गएको छ । दण्डहीनता अन्त गर्नका लागि संविधानले स्थापना गरेका संस्थाहरु आफैं दलीय भागवण्डा र लुछाचुँडीको सिकार बनेर निस्तेज भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय मानव अधिकार आयोगजस्ता संस्थाहरु पार्टी कार्यकर्ताहरुका भर्तीकेन्द्र बनेर ती संस्थालाई पूर्णतः कर्तव्यच्युत बनाएका छन् । राज्यका हरेक अंगमा दलीयकरणको पराकाष्ठा छ । नागरिकको स्वास्थ्य र शिक्षाका लागि राज्यले लगानी गर्नुपर्नेमा नेताहरु भएका सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुलाई डुबाएर आफैं ती क्षेत्रमा व्यवसाय गर्नमा लिप्त छन् । साथै नयाँ सरकारी संस्थाहरू खोल्न दिईरहेका छैनन्।

परिणामतः आम नागरिकहरुको जीवन दिन प्रतिदिन कठिन बन्दै गइरहेको छ । रोग लागे घरखेत नबेची उपचार नहुने अवस्था छ धेरैका लागि । केटाकेटीको औसत शिक्षाका लागि बाबुआमाको आयले नपुग्ने अवस्था छ । दुरदराजमा आज पनि मानिसहरु निरक्षर रहन अभिशप्त छन् । रोगहरुको समयमा उपचार नपाउँदा अंगभंग भएर आजीवन कठिन जीवन बिताउन मानिसहरु बाध्य छन् । समयमा आकस्मिक उपचार नपाएकै कारण मानिसहरुको ठूलो संख्यामा मृत्यु हुने गरेको छ । उपचारका लागि सरकारी अस्पतालमा जाँदासमेत महँगो शुल्क तिर्नुपर्ने अवस्था छ । निःशुल्क उपलब्ध हुनुपर्ने औषधि – उपचारहरु अस्पताल र स्वास्थ्य संस्थाहरुमा छैनन् ।

यो अवस्थाप्रति संघदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरु अनभिज्ञजस्तै देखिन्छन् किनकि उनीहरु कहीं कसैप्रति जवाफदेही बनेका छैनन् । सत्तारुढ दलका होउन् वा प्रतिपक्षका, राज्यस्रोतको दोहनबाहेक उनीहरुको कुनै उद्देश्य देखिंदैन । तीमध्ये सम्वन्धित मंत्रालयका पनि मंत्री जस्ता मानिसहरु त स्वास्थ्य क्षेत्रका जल्दा बल्दा चुनौती सम्वोधन गर्नु त परै जाओस्  माफिया र स्वार्थ समुहहरुको स्वार्थमा जथाभावी झुट बोल्ने र सुधारको प्रक्रिया उल्ट्याउने प्रयासमा अभियन्ताहरुलाई गालीगलौज गर्ने हदसम्म झुकेका छन् । त्यस्ता मंत्रीलाई पदच्युत गर्नुको साटो‌ प्रचण्ड र देउवाले  पुरस्कृत गरिरहेका छन् ।

उनीहरु सबैमा देखिएको दण्डहीनताको मुख्य कारण भने विगतदेखि नै जघन्य अपराध गर्नेहरु समेत दण्डित हुनुको सट्टा पुरस्कृत हुनु हो । खास गरी दश वर्षे सशस्त्र युद्धमा जघन्य तथा मानवताविरोधी अपराध गर्नेहरुसमेत दण्डित नहुँदा राज्यका सबै तहमा दण्डहीनता संस्थागत हुन पुगेको छ । सो यूद्ध मा युद्धरत दुवै पक्ष( राज्य र माओवादी तर्फ) बाट साधारण नागरिक , सुरक्षा कर्मी र माओवादी लडाकुहरु लगायत गरेर करिब १३,००० व्यक्तिहरू मारिए भने १,३०० व्यक्तिहरू वेपत्ता पारिए। त्यस्तै हजारौ घाईते तथा अंग भंग वनाइए, यातना दिइए।  हजारौंलाई गैरकानुनी ढंगले वन्दी वनाईयो/अपहरण गरियो – यातना दिइयो, ठुलो संख्यामा महिलाहरु बलात्कृत भए । हजारौं बालबालिकाहरुका हातबाट कलम खोसेर राइफल थमाउँदै उनीहरुलाई युद्धको आगोमा हालियो। 
 
उक्त द्वन्द्वका अधिकांश पिडितहरुलाई अझै पनि न्यायबाट वन्चित गरेर राखिएको छ । जवकी पीडकहरु वृहत् शान्ति सम्झौता भएदेखि प्राय निरन्तर सत्तासीन छन्। साधारण नागरिक लाई सानो गल्ती को सजाय हुने देशमा मानवता विरोधी जघन्य अपराध गर्नेहरु उचित सजाएको भागी वन्नु नपर्ने किन? ‘चोरलाई चौतारी साधुलाई सुली’ भनेको यही हैन र? 
 
हामीलाई लाग्छ न्याय नभएसम्म शान्तिपूर्ण र समृद्ध समाजको कल्पना गर्न पनि सकिंदैन ।

यो अवस्थामा अन्यायमा पर्ने नागरिकहरुका लागि बोल्नु र दण्डहीनता अन्त गर्नु हाम्रो कर्तव्य बन्न जान्छ । विगत लामो समयदेखि यी मुद्दाहरु उठाएर हामीले सत्याग्रह समेत गर्दै आएका छौं । तर पनि अवस्था परिवर्तन भएको छैन । त्यसैले राज्यलाई जवाफदेही बनाउनका लागि हामीले देहायका मागहरुसहित यही मंसीर २९ गते साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं ।

सत्याग्रहका मागहरु

१. सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याइयोस् ।

२. यसअघि हामीसित भएका सम्झौताहरु कार्यान्वयन गरियोस् ।
सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने
गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनमा ल्याउने; चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने; जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि हामीसित सम्झौता भए बमोजिम इलाम, उदयपुर, डडेलधुरारामा सरकारी मेडिकल कलेजहरु खोल्ने ।
१००शैया भन्दा वढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्वन्धी विषयका कार्यक्रम हरु शुरु गर्ने
विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने; ऐन जारी नहुंदासम्म दलीय भागवण्डा निषेध गर्दै हामीसित यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने; एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने 
सबै सरकारी नियुक्तिहरुमा स्वार्थको द्वन्द्व अन्त गर्नका लागि कानुनी व्यवस्था गर्ने

डा गोविन्द केसी
२०८० मंसीर २९

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

नवज्योति कृषक बहुउद्देश्यीय सहकारीमाथि बाख्रा अनुदान कार्यक्रममा अनियमितताको आरोप

धनगढी- कैलालीको मसुरियास्थित नवज्योति कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत सञ्चालन गरिएको बाख्रा अनुदान कार्यक्रममा मूल्...
जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज