Advertisement

धनगढीमा ‘रानाथारु भाषा साहित्य सम्मेलन-२०८०’ हुँदै

Advertisement

धनगढी – कैलालीको धनगढीमा प्रथम ‘रानाथारु भाषा साहित्य सम्मेलन-२०८०’ हुने भएको छ । 

शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले मङ्सिर २३ गते धनगढीको रुबस होटेलमा सम्मेलन गरिने जनाएको हो ।

राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजनामा उक्त  सम्मेलन हुन लागेको हो ।

कार्यक्रममा नेपाल र भारतबाट रानाथारु बुद्धिजीवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार, रानाथारू भाषासँग निकट सम्बन्ध भएका साहित्यकार, इतिहासविद्, भाषा विद्हरूलाई आमन्त्रित गरिएको आयोजकले जनाएको छ ।

विश्वव्यापकताको प्रभावले हिन्दी, नेपाली, भोजपुरी, अङ्ग्रेजी जस्ता थुप्रै भाषाको प्रभाव मौलिक भाषामा परिरहेको प्रत्यक्ष प्रभाव विश्लेषण तथा न्यूनीकरण लगायत मौलिक शब्द रक्षाको लागि समेत विभिन्न लेखोट, शिलालेख, पुस्तक प्रकाशन तथा विभिन्न अनुसन्धान, लोकगीत सङ्गीतको संरक्षण सँगै रानाथारु भाषाको मौलिकता एवम् एकरूपतामा जोड दिइने जनाइएको छ ।

कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यिक रचना वाचनलगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरणको बारेमा गहन छलफल विश्लेषण गरिनुका साथै विविध लोक सांस्कृतिक प्रस्तुति एवम् लोक स्रष्टाहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज