Advertisement

सुदूरपश्चिम प्रदेशसभाका विषयगत समिति नेतृत्वविहीन

Advertisement

कैलाली – सुदूरपश्चिम प्रदेशसभा अन्तर्गतका समिति सभापति छनोट हुन नसक्दा प्रदेश सरकारका काम कारबाहीको नियमन र निगरानी हुन सकेको छैन।

नेतृत्वको अभावमा समितिका आफ्ना आन्तरिक कामकारबाही पनि ठप्प छन् । प्रदेशसभामा रहेका चारवटा विषयगत समितिका पदाधिकारी सदस्य चयन गरिए पनि समितिका सभापति अहिलेसम्म चयन हुन सकेको छैन।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले समितिको नेतृत्व नहुँदा समितिको कामकारबाही ठप्प भएको र संसदीय निगरानीसमेत रोकिएको बताए । उनले भने, “प्रदेशसभाको पहिलो कार्यकालको पाँचवर्षे अवधिमा प्रदेशसभाका सदस्यहरुको सक्रियता देखिन्थ्यो, जनताको चासो पनि थियो, दोस्रो कार्यकालको यो प्रदेशसभाका कामकारबाहीप्रति कसैले पनि त्यति चासो नदिँदा सरकार आफूखुसी स्वतन्त्र ढङ्गबाट अघि बढिरहेको देखिन्छ ।” 

प्रदेशसभालाई प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्त्वपूर्ण संस्थाका रुपमा हेरिन्छ । दोस्रो कार्यकालको सुदूरपश्चिम प्रदेशसभाले काम गरेको आउने पुस महिनामा एक वर्ष पुग्दैछ । 

सत्तापक्ष नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिवानसिंह विष्टले सरकारकै कमीकमजोरीका कारण समितिका सभापति चयन हुन नसकिरहेको बताए । “सरकारले सन्तोषजनक रुपमा काम गर्न सकेको छैन”, उनले भने, “प्रदेशसभाको काम पनि निष्क्रियजस्तो देखिँदा जनतामा सङ्घीय व्यवस्थाप्रति नै गलत सन्देश गइरहेको छ ।”

सत्ता गठबन्धनका दलहरुबीच नै पदको भागबन्डामा सहमति नजुट्दा सभापति चयन हुन नसकेको बताइएको छ ।

समितिको नेतृत्वको अभावमा समितिका कामकारबाही प्रभावकारी ढङ्गले अघि बढ्न नसकिरहेको र सरकारलाई पनि जबाफदेही बनाउन नसकिएको सत्तापक्ष नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य शिवसिंह ओलीले बताए ।  उनले भने, “मिनी संसद्का रुपमा लिइने विषयगत समितिका सभापति अहिलेसम्म चयन हुन नसक्दा सरकारलाई जबाफदेही बनाउन पनि सकिएको छैन ।”

केन्द्रमा गठबन्धन दलका शीर्ष नेताबीच भएको समझदारीबमोजिम सुदूरपश्चिम प्रदेशसभामा रहेका चारवटा विषयगत समितिको सङ्ख्या बढाएर छ बनाउने गृहकार्य भइरहँदा समिति सभापतिको चयन गर्नमा पनि ढिलाइ भएको बताइएको छ । गएको असोज १२ गते समितिका सभापति छनोट गर्न प्रकाशन भएको निर्वाचन कार्यतालिका अन्तिममा स्थगित गरिएको थियो । 

प्रदेशसभामा हाल विधायन तथा प्रदेश मामिला समिति, अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, सामाजिक विकास समिति र सार्वजनिक लेखा समितिसमेत चार विषयगत समिति छन् । 

प्राकृतिक स्रोत, वातावरण तथा समन्वय समिति र कृषि गरिबी निवारण तथा भूमि व्यवस्थापन समिति थप गर्ने तयारी भइरहेको जनाइएको छ । कांगे्रस संसदीय दलका नेता कमलबहादुर शाहले प्रदेश सरकारको नेतृत्व गरेका छन् ।

त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित छ दल र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व छ । -रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज