Advertisement

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

Advertisement

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्नुहुन्छ । सारङ्गीको धुन र गीतमार्फत उहाँले आफ्नो जीवनयापन मात्र गरिरहनुभएको छैन, गन्धर्व समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई निरन्तरता दिइरहनुभएको छ ।

लमजुङको सुन्दरबजार क्षेत्र नजिकै लमजुङ र तनहुँको सीमाक्षेत्रमा बसोबास गर्दै आउनुभएका यमबहादुरले गएको ३६ वर्षदेखि सारङ्गी बजाउने र गीत गाउने पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बुबा–बाजेको पालादेखि चल्दै आएको पुख्र्यौली पेसालाई अँगालेर उहाँले आफ्नो जीवनयात्रा अघि बढाइ रहनुभएको हो ।

‘पढाइ पनि धेरै गर्न सकिनँ, अरू काम पनि जानेको छैन । अब यही पेसाबाट जीवन चलिरहेको छ,’ यमबहादुरले भन्नुभयो, ‘हातगोडा चलुन्जेल यही काम गर्छु । आफ्नो कमाइ आफैँ गर्छु र आफ्नो खर्च आफैँ चलाउँछु ।’

विगतमा गाउँ–बस्तीमा पुग्दा गन्धर्वका गीत सुन्ने र सहयोग गर्ने मानिस धेरै हुने गरेको अनुभव उहाँसँग छ । तर समय परिवर्तनसँगै मानिसको रुचि र व्यवहारमा आएको परिवर्तनका कारण अहिले पहिले जस्तो सहयोग पाउन कठिन हुँदै गएको यमबहादुरले बताउनुभयो । लमजुङका विभिन्न ठाउँसँगै मनाङ, गोरखा, काठमाण्डौ, पोखरा, चितवन लगायत क्षेत्रमा पुगेर उहाँले सारङ्गी बजाउँदै गीत गाउँदै आउनुभएको छ ।

बिहानैखि बेलुका अबेरसम्म विभिन्न ठाउँमा हिँडेर गन्धर्वले आफ्नो कला प्रस्तुत गर्नुहुन्छ । यमबहादुरको आम्दानी निश्चित छैन । गन्धर्वका अनुसार कसैले १०–२० रुपैयाँ सहयोग गर्नुहुन्छ भने कसैले ४०–५० रुपैयाँसम्म पनि दिने गर्नुहुन्छ । कतिपय अवस्थामा राम्रो व्यवहार पाए पनि कहिलेकाहीँ अपमानजनक शब्दसमेत सुन्नुपर्ने अवस्था आउने गरेको उहाँले बताउनुभयो ।

यही पेसाबाट परिवारको खर्च चलाउँदै आउनुभएका यमबहादुरले सामान्यतया महिनामा १५ हजारदेखि रुपैयाँ २० हजारसम्म आम्दानी हुने र कहिलेकाहीँ त्यसमा वृद्धि हुने गरेको बताउनुभयो । वर्षायाम भने उहाँका लागि थप कठिन समय हुने गरेको छ । असार–साउनमा पानी पर्ने, बाटो बिग्रने र लामो दूरी हिँड्न समस्या हुने भएकाले पेसामा असर पर्ने गरेको गन्धर्वको भनाइ छ ।

‘पानी परेको बेला धेरै समस्या हुन्छ । हिँड्न गाह्रो हुन्छ । तर यही मेरो जीवनको आधार हो,’ उहाँले भन्नुभयो ।

यमबहादुरका लागि सारङ्गी केवल आम्दानीको माध्यम मात्र होइन, आफ्नो पहिचान र संस्कृतिसँग जोडिएको सम्पत्ति हो । गन्धर्व समुदायमा गीत–सङ्गीत र सारङ्गी बजाउने परम्परा पुस्तौँदेखि चल्दै आएको उहाँले बताउनुभयो । धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार गन्धर्व समुदायलाई गीत–सङ्गीतको वरदान प्राप्त भएको र गीत गाउँदै, सारङ्गी बजाउँदै विभिन्न ठाउँमा पुग्ने परम्परा रहेको विश्वास रहेको गन्धर्वले बताउनुभयो ।

सारङ्गी बजाउनुका साथै गन्धर्वले समाज र देशमा भएका विभिन्न घटना, सामाजिक विषय तथा जनचेतनामूलक सन्देश समेटिएका गीतसमेत गाउँदै आउनुभएको छ । आफ्नो कलामार्फत समाजलाई सन्देश दिन पाउँदा खुसी लाग्ने उहाँ बताउनुहुन्छ । तर पछिल्लो समय गन्धर्व समुदायको मौलिक कला, संस्कार र संस्कृति संरक्षणमा चुनौती थपिँदै गएकामा यमबहादुरको चिन्ता छ ।

नयाँ पुस्ताले यो पेसा अँगाल्न चासो नदेखाउँदा परम्परागत कला विस्तारै हराउने जोखिम बढेको गन्धर्वले बताउनुभयो । ‘अहिलेका पुस्ता यो पेसामा आउन चाहँदैनन् । उनीहरू अरू कामतिर जान थालेका छन्,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा हाम्रो कला र पहिचान हराउने चिन्ता छ ।’

गन्धर्व समुदायको कला र संस्कृति संरक्षणका लागि सरकारी तथा सम्बन्धित निकायबाट पनि पहल आवश्यक छ । गन्धर्व समुदायलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्न सके नयाँ पुस्तालाई यो पेसाप्रति आकर्षित गर्न सकिने यमबहादुरले बताउनुभयो ।

सारङ्गी बजाउने, गीत गाउनेजस्ता परम्परागत सीप नयाँ पुस्तालाई सिकाउन तालिम सञ्चालन गर्न सके युवाले आफ्नो पुर्ख्यौली कला सिक्ने अवसर पाउने र यसलाई जीवनयापनसँग जोड्नसमेत सहयोग पुग्ने गन्धर्वको विश्वास छ । श्रीमती, छोराबुहारी, नातिनातिनासहित पारिवारिक जिम्मेवारी सम्हाल्दै आउनुभएका यमबहादुरले आफूले सक्ने समयसम्म यही पेसालाई निरन्तरता दिने बताउनुभयो ।

घाम, पानी र कठिनाइसँग सङ्घर्ष गर्दै काँधमा सारङ्गी बोकेर यात्रामा निस्कनुहुने यमबहादुरका लागि यो केवल जीविकोपार्जनको माध्यम होइन, पुर्खाले हस्तान्तरण गरेको अमूल्य सम्पदा हो ।

उहाँजस्ता कलाकारकै कारण गन्धर्व समुदायको मौलिक कला र संस्कृति अझै जीवित छ । तर यो पहिचान जोगाउन नयाँ पुस्तालाई जोड्ने र संरक्षणका कार्यक्रम अघि बढाउने आवश्यकता देखिएको छ ।

रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज