धनगढी- आज देशका अधिकांस भुभागमा पानी पर्ने भएको छ। केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुँदा केहीमा भारी वर्षाको पनि सम्भवना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा आज हावाहुरीको पनि सम्भवना छ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केहि स्थान तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षा हुनेछ । मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केहि स्थानमा हावाहुरीको सम्भावना छ।
राति कोशी प्रदेशको पहाडी र तराई भू–भागको थोरै स्थान तथा मधेश र गण्डकी प्रदेशको पहाडी र तराई भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

