Advertisement

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Advertisement

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
वित्तीय साक्षरता बढाउने, बचत तथा ऋणको सही प्रयोगबारे जानकारी दिने र केन्द्र प्रमुखहरूबीच समन्वय बढाउन आयोजना गरिएको कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा डबल बहादुर साउँदको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उनले वित्तीय साक्षरताले नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउने उल्लेख गर्दै लघुवित्त संस्थाहरूले ग्रामीण तहसम्म पुर्‍याइरहेको सेवाको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सभाध्यक्षता केन्द्र नम्बर ०६१ की केन्द्र प्रमुख पुण्य कुमारी सुवेदी ले गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा भैरव बहादुर सिंह तथा पदम बहादुर कार्की रहनुभएको थियो ।
कार्यक्रममा सहभागीहरूलाई बचत, ऋणको सही उपयोग, आर्थिक अनुशासन, वित्तीय योजना तथा सामाजिक उत्तरदायित्व सम्बन्धी जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले आर्थिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

उक्त कार्यक्रममा विभिन्न केन्द्रका सदस्य तथा प्रतिनिधिसहित कुल ८० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछामको ढकारीका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सेवाग्राही समस्यामा

अछाम- अछामको ढकारी गाउँपालिकाका विभिन्न बस्तीमा नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि स्थानीयवासी सञ्चार सेवाबाट प्रभावित भएका छन...
भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

भोटेकोशी बाढीको दुई महिना : १ हजार ३४५ शवको सनाखत हुन बाँकी, विस्थापितको पुनर्स्थापना अन्योलमा

काठमाडौं- रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई महिना बितिसक्दा पनि प्रभावित क्षेत्रको जनजीवन सामान्य बन...
एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

एनपीएलमा आज दुई खेल, विराटनगर र चितवन तथा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं।- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने ह...
एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान...
दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज