Advertisement

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

Advertisement

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूका समस्या, चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत छलफल गर्नुभएको छ। उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आयोजनामा सम्पन्न भएको हो।

छलफलका क्रममा बाल सञ्जालका प्रतिनिधिहरूले वर्तमान समयमा बालबालिका तथा युवाहरूले भोगिरहेका विविध समस्याहरू प्रस्तुत गरेका थिए। उनीहरूले विद्यालय छोड्ने दर वृद्धि, लागुऔषध दुर्व्यसन, साइबर दुरुपयोग, बाल हिंसा तथा बाल श्रम जस्ता चुनौतीहरू बढ्दो रूपमा देखिएको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि प्रहरी प्रशासनको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।

यसै क्रममा प्रतिनिधिहरूले बालमैत्री वातावरण सिर्जना गर्न विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, समुदायस्तरमा बाल अधिकारसम्बन्धी अभियानलाई तीव्र बनाउनुपर्ने तथा बालबालिकाको सुरक्षाका लागि प्रभावकारी निगरानी संयन्त्र विकास गर्नुपर्ने सुझाव दिएका थिए।

प्रहरी नायव महानिरीक्षक रानाले बालबालिका तथा युवाहरू समाजको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उनीहरूको सुरक्षा र समुचित विकासका लागि प्रहरी संगठन सधैं प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बालमैत्री प्रहरी सेवा विस्तार, विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम, तथा समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउने योजना रहेको जानकारी दिनुभयो।

उहाँले बालबालिकासँग सम्बन्धित घटनामा संवेदनशीलता अपनाउँदै छिटो तथा प्रभावकारी कारबाही गरिने प्रतिबद्धता जनाउँदै यस्ता छलफलले नीति निर्माण तथा कार्यान्वयनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरूले पनि बालबालिका तथा युवाहरूको समस्या समाधानका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको औंल्याएका थिए। उनीहरूले प्रहरी, स्थानीय तह, विद्यालय तथा अभिभावकबीच समन्वय सुदृढ गर्न सकेमा बालमैत्री समाज निर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने धारणा राखे।

कार्यक्रमको निष्कर्षमा बालबालिका तथा युवाहरूको हकहित संरक्षण, सुरक्षित वातावरण निर्माण तथा सचेतना अभिवृद्धिका लागि संयुक्त रूपमा अघि बढ्ने सहमति भएको थियो। साथै, यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिने र प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्लाका ८२.७ प्रतिशत विद्यार्थी रक्तदान गर्न इच्छुक, १९.५ प्रतिशतले मात्र गरे रक्तदान

जुम्ला । जुम्लाका कलेज तथा विश्वविद्यालय तहका विद्यार्थीमा रक्तदानप्रति सकारात्मक सोच र रक्तदान गर्ने इच्छाशक्ति उच्च भए पनि त्यसल...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज