बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ ।
यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आयोजनामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको हो ।
सामाजिक सद्भाव सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरूमा रहेको खेल प्रतिभाहरूलाई उजागर र स्थानीय प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष हरिश्चन्द्र जोशीले कामना टुडेलाई बताए ।
उनलेे वडाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार ६ गतेदेखि दोस्रो जय नेपाल वडाध्यक्ष कप २०८३ टि-१२ खुल्ला वडा स्तरीय पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिए ।
प्रतियोगितामा बिजेता टिमले ६१ हजार १ सय ६१ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले नगद ३१ हजार १ सय ३१ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै म्यान अफ दि सिरिज ४ हजार , सर्वाधिक विकेटर २ हजार ५ सय , व्याट्सम्यान अफ दि सिरिज २ हजार ५ सय , म्यान अफ दि म्याच मायाको चिनो, उदयमान खेलाडीलाई २ हजारको व्यवस्था पनि गरिएको छ ।
एलबीडब्लू बाहेक आइसिसिको नियम अनुसार खेलाइने प्रतियोगिता सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा ६ गते बिहान ८ बजेबाट सञ्चालन हुनेछ ।


