Advertisement

धनगढीमा कुटपिट प्रकरण : व्यवसायीमाथि आक्रमण, पावर देखाउँदै धम्कीको आरोप

Advertisement

धनगढी- धनगढीमा मदिरा सेवन गरेर मातेका एक व्यवसायीमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ। तर, घटनापछि पीडित भनिएका व्यवसायीले कानुनी उपचार खोज्नुको सट्टा ‘पावर’को दम्भ देखाउँदै विभिन्न किसिमका धम्की दिएको आरोपसमेत लागिरहेको छ।
चैत १६ गते सोमबार राति करिब साढे १ बजे धनगढी–४ स्थित दक्षिणकाली मार्गको ६ लेन सडकमा व्यवसायी विकास सिङ्घल माथि कुटपिट भएको बताइएको छ। सिङ्घलले प्रदेश र जिल्लाका उच्च पदस्थ प्रहरी अधिकारीहरूसँग राम्रो सम्बन्ध रहेको दाबी गर्दै आफूले जुनसुकै बेला जे पनि गर्न सक्ने भन्दै धम्की दिएको आरोप घटनामा संलग्न भनिएका पक्षले लगाएका छन्। साथै, उनले प्रहरी अधिकारीहरूलाई सिद्धार्थ लगायतका होटलमा खानपिन गराउने गरेको दाबी पनि गरिएको छ।
उनीकै घरमा भएको छलफलका क्रममा कुटपिटमा संलग्न व्यक्तिहरूको सार्वजनिक रूपमा बेइज्जत गर्न मिडियाको प्रयोग गर्ने चेतावनी दिएको आरोपसमेत लागेको छ।
तर सिङ्घल पक्षले भने आरोप अस्वीकार गर्दै घटनाको फरक विवरण दिएको छ। उनका अनुसार, घर अगाडि पार्किङ गरिएको ईभी हायस गाडी हटाउन चालकलाई बोलाउँदा सडकपारि पूर्वतर्फ हिँडिरहेका चार जना व्यक्तिहरू आएर बिना कारण निर्घात कुटपिट गरेका थिए।
सिङ्घलकी पत्नी डाक्टर अनिसा अग्रवाल ले तीन पटकसम्म फर्केर कुटपिट गरिएको दाबी गरेकी छन्। उनले पाँच वर्षीया छोरीकै अगाडि आफ्ना श्रीमानमाथि आक्रमण भएको बताएकी छन्।
घटनाबारे कैलाली प्रहरीमा ठाडो निवेदन दिइएको र सोही आधारमा एक जना युवा पक्राउ परे पनि उनलाई हाजिरी जमानीमा छोडिएको प्रहरीले जनाएको छ। कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिना का अनुसार पीडित पक्षबाट किटानी जाहेरी नपरेकाले पक्राउ परेका व्यक्तिलाई छोड्नुपरेको हो।
प्रहरीले भने किटानी जाहेरी प्राप्त भएलगत्तै घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज