Advertisement

घाइते प्रहरी अनिल रावलका लागि सहयोग जुट्दै : थ्री स्टार इंग्लिस बोर्डिङ स्कुलबाट नगद र निःशुल्क शिक्षाको प्रतिबद्धता

Advertisement

धनगढी – कैलालीको कैलारी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका प्रहरी जवान अनिल रावलको उपचारका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। बझाङको मष्टा गाउँपालिका- १ घर भएका रावल हाल निसर्ग हस्पिटलमा भेन्टिलेटरमा राखेर उपचाररत छन्। गत चैत ११ गते ड्युटी सकेर घर फर्कने क्रममा भएको दुर्घटनापछि उनी गम्भीर घाइते भएका हुन् र उनको स्वास्थ्य अवस्था अझै जटिल रहेको चिकित्सकहरूले बताएका छन्।
यसैबीच, थ्री स्टार इंग्लिस बोर्डिङ स्कुल का संस्थापक गोपाल शर्मा तथा संचालक मिरा आचार्य ले रावलको उपचारका लागि २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन्। साथै, उनले रावलका एक छोरालाई कक्षा १० सम्म विद्यालयमा लाग्ने सम्पूर्ण शैक्षिक खर्च निःशुल्क व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि रावलको जीवन बचाउन विद्यार्थीहरूले समेत मानवीय संवेदनशीलता देखाउँदै आर्थिक सहयोग गरेका थिए। देशको सुरक्षामा खटिएका एक प्रहरी जवान जीवन–मृत्युको संघर्षमा रहँदा विभिन्न तहबाट भइरहेको सहयोगले मानवताको उदाहरण प्रस्तुत गरेको छ। कठिन परिस्थितिमा रावलको जीवन रक्षा गर्न सबै पक्षबाट साथ, सहयोग र सद्भाव आवश्यक देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज