प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन्।
हालसम्मको मतगणनाअनुसार महरले १४ हजार ५५२ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १२ हजार ८६१ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन्।
तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ८ हजार ६७३ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्र कुमार सिंहले ७ हजार ६४३ मत ल्याउँदै चौथो स्थानमा रहेका छन्।
बझाङका आठ वटा पालिकाको मतगणना सम्पन्न भएसँगै एमाले उम्मेदवार महरले १ हजार ६९१ मतको अग्रता कायम गरेका छन्।

