Advertisement

समृद्ध अछाम, सम्मानित नागरिक लक्ष्यसहित दिपक साउँदको घोषणापत्र सार्वजनिक

Advertisement

अछाम- नेकपा एमाले अछाम क्षेत्र नं-१ का उम्मेदवार दिपक साउँदले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्
सोमबार साउँदले ५ बर्षका लागी आफ्नो विस्तृत घोषणापत्र तथा विकास प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
घोषणापत्र सार्वजनिक गर्दै साउँदले अछामलाई गरिबी, पछौटेपन र बेरोजगारीबाट मुक्त गरी “समृद्ध अछाम, सम्मानित नागरिक” निर्माण गर्ने लक्ष्यसहित स्पष्ट कार्ययोजना अघि सारेका छन्। उनले आगामी निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभई राष्ट्रियता, सुशासन र विकासको दिशामा ऐतिहासिक अवसर भएको बताएका छन्।

सुशासन र भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’
साउँदले सार्वजनिक प्रशासनलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने घोषणा गरेका छन्। “भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ र सहन्नँ” भन्ने अडानसहित जनताको पैसाको हिसाब जनतामाझै सार्वजनिक गर्ने उनको भनाइ छ।

कृषि, रोजगारी र स्थानीय अर्थतन्त्रमा जोड
घोषणापत्रमा कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, उन्नत बीउ–बिजनको प्रयोग तथा किसानलाई बजार पहुँच सुनिश्चित गर्ने योजना समेटिएको छ। जडीबुटी, फलफूल खेती, पशुपालन तथा सहकारीमार्फत युवालाई उद्यमशीलतामा जोडेर वैदेशिक रोजगारीको बाध्यता घटाउने लक्ष्य प्रस्तुत गरिएको छ।

शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सुधार
साउँदले सामुदायिक विद्यालयको स्तर सुधार, प्राविधिक शिक्षा विस्तार तथा प्रत्येक विद्यालयमा डिजिटल पहुँच सुनिश्चित गर्ने योजना सार्वजनिक गरेका छन्। स्वास्थ्य क्षेत्रमा बयालपाटा अस्पताललाई आधुनिक सुविधा सम्पन्न अस्पताल तथा मेडिकल कलेजका रूपमा विकास गर्ने, प्रत्येक वडामा प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउने र निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ।
सडक, पुल र पूर्वाधार विकास प्राथमिकतामा
घोषणापत्रमा अछाम-१ का मुख्य सडक सञ्जाल स्तरोन्नति, नयाँ सडक विस्तार, सुरक्षित खानेपानी, ग्रामीण विद्युतीकरण तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकता दिइएको छ। विभिन्न रणनीतिक सडक र पुल निर्माणमार्फत वर्षैभर यातायात पहुँच सुनिश्चित गर्ने योजना उल्लेख गरिएको छ।
युवा, महिला र सामाजिक न्याय
युवालाई सीपमूलक तालिम, स्टार्टअप सहयोग तथा स्थानीय उद्योग प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि सारिएको छ। महिलाको आर्थिक सशक्तीकरण, दलित तथा सीमान्तकृत समुदायका लागि लक्षित कार्यक्रम र सामाजिक सुरक्षा योजनालाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ।

पर्यटन र सांस्कृतिक संरक्षण
खप्तड, रामारोशन लगायतका पर्यटकीय क्षेत्रको प्रवर्द्धन, होमस्टे विकास तथा स्थानीय भाषा, संस्कृति र धार्मिक स्थल संरक्षणमार्फत अछामलाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ।
घोषणापत्र सार्वजनिक गर्दै साउँदले सूर्य चिन्हमा मतदान गरी विकास र समृद्धिको यात्रामा साथ दिन मतदातासँग अपिल गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार विस्तृत पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारी केन्द्रित योजनाले अछाम १ को चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।
अछामको परिवर्तनको सपना बोकेर मैदानमा उत्रिएका साउँद अब त्यो विश्वास मतपेटिकाबाट पुष्टि हुने प्रतीक्षामा छन्।

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज