Advertisement

ललितपुरमा ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालनमा, स्वासप्रश्वास रोगका लागि बहुआयामिक सेवा

Advertisement

 

ललितपुर – नेशनल चेष्ट सेन्टर ले ललितपुर महानगरपालिका–१३, मानभवनमा स्वासप्रश्वास (छाती) सम्बन्धी रोगका बिरामीलाई लक्षित गर्दै विशेषज्ञ सेवा सुरु गरेको छ। नेपालमै पहिलो पटक स्वासप्रश्वास रोगमा केन्द्रित भएर बहुआयामिक सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको उक्त सेन्टर शनिबार औपचारिक रूपमा सञ्चालनमा आएको हो।

सेन्टरको उद्घाटन ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले गर्नुभयो। उद्घाटन समारोहमा उहाँले आफ्नै वडामा विशिष्टीकृत चेष्ट क्लिनिक सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। आवश्यक सहकार्यका लागि वडा कार्यालय सधैं तयार रहने उहाँले बताउनुभयो।

सेन्टरले विशेषज्ञ चिकित्सकमार्फत सिओपीडी, दम, क्षयरोग, एलर्जी तथा अन्य दीर्घकालीन फोक्सो रोगको परीक्षण र उपचार सेवा प्रदान गर्ने जनाएको छ। यहाँ फोक्सोको कार्यक्षमता परीक्षण (Pulmonary Function Test), डिजिटल एक्स–रे, एलर्जी तथा दम परीक्षण, कोभिड–१९ पछिको फोक्सो परीक्षण क्लिनिक, धूम्रपान त्याग परामर्श, अत्याधुनिक प्रयोगशाला सेवा तथा आफ्नै फार्मेसी सुविधा उपलब्ध गराइएको छ। एकै स्थानबाट एकीकृत सेवा प्रदान गरिने भएकाले बिरामीलाई सहज हुने सेन्टरको दाबी छ।

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभर हरेक वर्ष करोडौँ मानिस स्वासप्रश्वास रोगबाट प्रभावित हुने गरेका छन्। नेपालमा पनि करिब १०–१२ प्रतिशत वयस्क जनसंख्यामा कुनै न कुनै प्रकारको दीर्घकालीन स्वासप्रश्वास समस्या रहेको विभिन्न अध्ययनले देखाएका छन्। बढ्दो वायु प्रदूषण, धूम्रपान, जैविक इन्धनको प्रयोग तथा कोभिड–१९ पछिको असरका कारण समस्या झन् बढ्दो क्रममा रहेको चिकित्सकहरू बताउँछन्।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीका अनुसार नेपालजस्तो विकासोन्मुख मुलुकमा स्वासप्रश्वास सम्बन्धी रोगबाट हुने मृत्युदर अझै उच्च रहेकाले विशेषीकृत र गुणस्तरीय उपचार सेवा आवश्यक छ।

सेन्टरले उपचारसँगै स्वासप्रश्वास रोगको रोकथाम, जनचेतना अभिवृद्धि तथा नियमित परीक्षणको प्रवर्द्धनमा समेत जोड दिने जनाएको छ। काठमाडौं उपत्यकासहित देशभरका बिरामीलाई सेवा दिने लक्ष्यका साथ सञ्चालनमा आएको सेन्टरले सहुलियत दरमा विशेषज्ञ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज