बझाङ: नेकपा एमालेले बझाङ जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य ऐन महरलाई दिएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महरलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । केन्द्रीय कमिटी सदस्यसमेत रहेका महर पूर्व अनेरास्ववियुका केन्द्रीय अध्यक्ष हुन् ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेकपा एमाले बझाङले महरसहित तीन जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । महरले बझाङमा सोमबारदेखि निर्वाचन केन्द्रित प्रचार–प्रसार अभियान पनि सुरु गरिसकेका छन् ।

