Advertisement

कृषि ज्ञान केन्द्र बझाङद्वारा ब्लक सञ्चालक समितिलाई गाडी हस्तान्तरण

Advertisement

बझाङ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत रहेको कृषि विकास निर्देशनालय तथा कृषि ज्ञान केन्द्र बझाङले कार्यालयको स्वामित्वमा रहेको सवारी साधन ब्लक सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तथा तत्कालीन जिल्ला कृषि विकास कार्यालयको नाममा प्राप्त उक्त सवारी साधन किसानलाई सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले प्रयोग हुँदै आएको थियो । सवारी साधनको नियमित प्रयोग, संरक्षण, मर्मतसम्भार तथा पारदर्शी व्यवस्थापन सुनिश्चित गर्न कृषि ज्ञान केन्द्र बझाङले मिति २०८२/०९/१७ मा गाडी हस्तान्तरण सम्बन्धी सम्झौता पत्र मार्फत समितिलाई जिम्मेवारी प्रदान गरेको हो ।

सम्झौता अनुसार सवारी साधनको प्रयोग पूर्ण रूपमा सरकारी प्रयोजनमा मात्र गरिने, दुरुपयोग वा नियम विपरीत प्रयोग भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ । साथै गाडीको सञ्चालन, इन्धन, मर्मत खर्च, लगबुक राख्ने, आम्दानी–खर्चको विवरण तयार गरी ६/६ महिनामा सम्बन्धित कार्यालय तथा कृषि ज्ञान केन्द्रमा प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ ।

सम्झौता पत्रमा उल्लेख भए अनुसार सवारी साधनको प्रभावकारी उपयोग तथा अनुगमनका लागि सवारी साधन व्यवस्थापन तथा अनुगमन समिति गठन गरिएको छ । समितिको संरचनामा वडा अध्यक्ष, सम्बन्धित पालिकाका संयोजक , कृषि ज्ञान केन्द्र बझाङ सदस्य , अध्यक्ष, सम्बन्धित कृषि विकास समिति सदस्य र कृषि उपज खरिद बिक्री समिति सदस्य प्रमुख सम्बन्धित पालिकाको कृषि शाखा सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

कृषि ज्ञान केन्द्र बझाङका अनुसार समितिमार्फत गाडी सञ्चालन हुँदा सरकारी सवारी साधनको सदुपयोग, निगरानी तथा सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ । गाडी हस्तान्तरण कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख, जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ, जिल्ला समन्वय समितिका प्रमुख तथा सम्बन्धित कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका सहभागीहरूले सरकारी सवारी साधनको सदुपयोगले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज