Advertisement

कञ्चनपुरको दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेन्, शिलान्यासको चार वर्ष बित्यो

Advertisement

महेन्द्रनगर- तीस वर्षअघि २०५२ सालमा प्रस्ताव भएको कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काम अझै सुरु हुन सकेको छैन। विक्रम संवत् २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको साढे चार वर्ष बितिसक्दा पनि सरकारी प्रक्रियागत ढिलाइका कारण अझै ‘फिल्ड’मा काम सुरु हुन सकेको छैन।

दैजीछेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका लागि रूख कटान अनुमतिको प्रक्रियामा रहेकाले ढिलाइ भइरहेको बताए। नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेट शाखा कार्यालय नेपाल औद्योगिक क्षेत्रले दैजी औद्योगिक क्षेत्रको काम हेर्छ। औद्योगिक क्षेत्र शिलान्यास भएको ठीक एक वर्षपछि दैजीमा औद्योगिक क्षेत्रको कार्यालय २०७९ फागुनमा स्थापना गरिएको हो। कार्यालय स्थापना भए पनि कार्यालय सहयोगीको भरमा औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय सञ्चालनमा छ।

त्यसैगरी सरकारले चालु आर्थिक वर्षका लागि दैजी औद्योगिक क्षेत्रका लागि रूख कटान र जग्गा भोगाधिकार शुल्कलगायतका लागि एक करोड १२ लाख रकम विनियोजन गरेको छ। तर फिल्डमा कहिलेबाट काम सुरु हुने भन्ने विषयले किनारा पाउन सकेको छैन।

‘रूख कटान अनुमति पाएपछि जिल्लामा रहेको डिभिजन वन कार्यालयले नै कटानको विषय अघि बढाउने हो,’ प्रमुख पराजुलीले भने, ‘२७ हजार रूख कटान छपानका अनुमति मागेका छौँ।

उनले १३६.५९ ‘हेक्टर’ अर्थात् २०२ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव भएको बताए। ‘यसअघि ३४५ बिघामा प्रस्ताव भएको थियो तर गत असारमा क्षेत्रफल २०२ बिघामा झारियो,’ पराजुलीले भने, ‘क्षेत्रफल घटेअनुसार उद्योगको सङ्ख्या पनि घटबढ हुनेछ।’

त्यसैगरी औद्योगिक क्षेत्र व्यवस्थगापन लिमिडेटका सूचना अधिकारी वासुदेव सोडारीले दैजी छेला औद्योगिक क्षेत्रको रूख कटान र जग्गा भोगाधिकारको विषय मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताए।
‘वन मन्त्रालयले उक्त विषय मन्त्रिपरिषद् पठाउने निर्णय गरिसकेको छ,’ सूचना अधिकारी सोडारीले बताए, ‘तर वन सचिव नहुँदा मन्त्रिपरिषद् लगिएको छैन भन्ने जानकारी पाएका छौँ।

मन्त्रिपरिषद्बाट निर्णय भएपछि भोगाधिकार र रूख कटानको विषय अघि बढ्ने उहाँको भनाइ छ। लामो समयदेखि राजनीतिक दलहरुको चुनावी ‘एजेन्डा’ समेत बन्दै आएको दैजी औद्योगिक क्षेत्र स्थापनाका लागि चासो व्यक्त हुने गरेको भए पनि काम भने फिल्डमा सुरु हुन नसकेको स्थानीयको भनाइ छ।
यहाँको बेदकोट नगरपालिका–२ र ३ को वन क्षेत्रमा २०७२ सालमा सरकारले चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत निजी क्षेत्र पनि दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि दशकौँदेखि दबाब दिँदै आएको छ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले औद्योगिक क्षेत्र स्थापना भई यहाँको आर्थिक गतिविधि चलायमान हुने आशामा निजी क्षेत्र पनि रहेको बताए।

‘हरेक दलीय नेतृत्वसम्म निजी क्षेत्रले प्रस्तावित औद्योगिक क्षेत्र स्थापनामा पहल गरीदिन आग्रह गर्दै आएका छौँ,’ मल्लले भने, ‘जनप्रतिनिधिहरु उक्त विषयमा चिन्तित भई लागिपरेको भए पनि औद्योगिक क्षेत्र स्थापनाको काम सरकारी प्रक्रियागत ढिलाइकै कारण अघि नबढेको हो।

आर्थिक नाकाका रुपमा कञ्चनपुरलाई विकास गर्न खोजिएको बताउँदै त्यसमा औद्योगिक क्षेत्र स्थापनाले रोजगारीको अवसरसमेत स्थानीयले पाउनुपर्नेमा उहाँले जोड दिए।

त्यसैगरी यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाका लागि पालिका दबाब दिँदै आएको बताए।

‘औद्योगिक क्षेत्र स्थापना भएर २०/२५ वटै उद्योग स्थापना भए पनि यस क्षेत्रलाई राम्रो हुन्थ्यो,’ उनले भने, ‘प्रक्रियागत गाँठो फुकाउन हामी पनि सरोकारवाला निकाय धाइरहेकै छौँ।
रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका-७ र दुर्गाथली गाउँपालिका -६ को सीमाक्षेत्रमा पर्ने सुँगरेमा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गए...
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व

काठमाण्डाै- ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ...
बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङको पुरानो बसपार्कबाट अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ

बझाङ- बझाङमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई नियन्त्रण लिएको छ । शुक्रबार राति ९:१५ बजेको समयमा सदरमुका...
सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

सुदूरपश्चिममा राजस्वको दायरा विस्तार र प्रदेशको आम्दानी बढाउनुपर्नेमा जोड

धनगढी- सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले प्रदेशको विकासका लागि राजस्वको दायरा र आम्दानी बढाउनुपर्नेमा जोड दिएका छन्। प्रदेशसभाको आज...
बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियममाथि स्पेनकाे जित, १६ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

बेल्जियमला हराउँदै स्पेन फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज बिहान भएको क्वार्टरफाइनल खे...
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं- आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो। दिउँसो कोसी, वाग्मती,...
गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज