Advertisement

आज नेपाल ओमानसँग खेल्दै, ओमानलाई हराए अपराजित रहँदै सिधै विश्वकपमा पुग्ने

Advertisement

आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर सिक्स चरणको तेस्रो खेलमा नेपाल आज (बुधबार) ओमानसँग भिड्दै छ।

ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ।

नेपालले आजको खेल जिते अपराजित रहँदै एक खेल अगावै आगामी टी–२० विश्वकपका लागि छनोट हुनेछ। सुपर सिक्समा अहिले नेपाल र ओमान मात्र अपराजित टोली हुन्। त्यसैले आज रातिको खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

ओमानका लागि पनि यो खेल समान रूपमा महत्वपूर्ण छ, किनभने नेपाललाई पराजित गर्न सकेमा ओमान अपराजित रहँदै सिधै विश्वकपमा पुग्नेछ।

नेपालले आजको खेल हार्ने हो भने विश्वकपमा स्थान बनाउन शुक्रबार हुने सुपर सिक्सको अन्तिम खेलमा सामोआलाई हराउनुपर्नेछ।

सुपर सिक्समा तीन खेलबाट नेपाल र ओमान दुवैको समान ६ अंक छ। तर नेट रनरेटका आधारमा ओमान शीर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहेको छ।

समान दुई–दुई अंकसहित यूएई तेस्रो र जापान चौथो स्थानमा छन्। विश्वकप छनोटका लागि अहिले यूएई र जापानबीच पनि प्रतिस्पर्धा चलिरहेको छ।

आजै हुने पहिलो खेलमा जापान र कतार भिड्दै छन् भने यूएईले सामोआसँग प्रतिस्पर्धा गर्नेछ।

सुपर सिक्समा नेपालले यूएईविरुद्ध १ रनको रोमाञ्चक जित निकाल्दै दोस्रो खेलमा कतारलाई ५ रनले हराएको थियो। समूह चरणमा नेपालले जापानलाई ५ विकेट र कुवेतलाई ५८ रनले पराजित गरेको थियो।

ओमानले सुपर सिक्समा यूएईलाई ५ विकेट र कतारलाई ३४ रनले हराएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज