Advertisement

केदारस्यूँको रायल स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्दो, टाइफसका केस सर्वाधिक

Advertisement

बझाङ- केदारस्यूँ गाउँपालिका–१ देउरामा रहेको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा पछिल्लो समय बिरामीको संख्या तीव्र रूपमा बढ्दै गएको छ। असोज महिनामात्र दुई सयभन्दा बढी बिरामीले उपचार सेवा लिएको स्वास्थ्य केन्द्रले जनाएको छ।
केन्द्रको तथ्यांकअनुसार असोज महिनामा ओपीटीतर्फ १९३ जना र इमर्जेन्सी सेवामा १०४ जनाले उपचार सेवा लिएका छन्। स्वास्थ्य केन्द्र प्रमुख डा. हरिश बहादुर मल्लका अनुसार हाल सबैभन्दा बढी टाइफसका बिरामी आउने गरेका छन्। त्यसपछि स्क्रब टाइफस र भाइरल ज्वरोका केसहरू बढी देखिएका छन्।
डा. मल्लका अनुसार टाइफस दूषित खाना तथा पानीका कारण हुने रोग हो भने स्क्रब टाइफस जंगलमा बस्ने क्रिनाको टोकाइबाट सर्ने रोग हो, त्यस्तै भाइरल ज्वरो मौसम परिवर्तन र दुषित बाताबरणका कारणले बढ्ने गर्दछ । यससँगै चोटपटकका बिरामीको संख्या समेत पहिलेको तुलनामा बढेको स्वास्थ केन्द्रको तथ्यांकले देखाएको छ।
दशैं पर्व नजिकिँदै गर्दा केही स्वास्थ्यकर्मी विदामा रहेकाले सेवाप्रवाहमा कठिनाइ आएको डा. मल्लको भनाइ छ। बिरामीको भीड बढेसँगै न्यून जनशक्ति र भौतिक संरचनाको अभावले स्वास्थ्य केन्द्रमा सेवा दिन हम्मेहम्मे परेको छ।
हाल रायल स्वास्थ्य केन्द्रबाट आधारभूत सम्पूर्ण स्वास्थ्य सेवा, खोप, सुरक्षित मातृत्व तथा नवजात शिशु सेवा, बालबालिका सम्बन्धी एकीकृत स्वास्थ्य सेवा, परिवार नियोजन, सर्ने–नसर्ने रोग उपचार, मानसिक स्वास्थ्य, सुरक्षित गर्भपतन, भिडियो एक्स–रे, इसिजी लगायतका सेवा उपलब्ध छन्।
यससँगै करिब एक महिना अघिदेखि स्वास्थ्य केन्द्रमा हाडजोर्नी सेवा पनि सुरु गरिएको छ। स्वास्थ्यकर्मीको कमी, संरचनागत समस्या र लगातार बढ्दो बिरामी चापका कारण सेवामा सहजता दिन चुनौतीपूर्ण बनेको स्वास्थ्य केन्द्रले जनाएको छ। यस स्वास्थ्य केन्द्र मार्फत  केदारस्यूँ गाउँपालिकाका नागरिक मात्र नभइ थलारा गाउँपालिका, बित्थडचिर गाउँपालिका, बुङ्गल नगरपालिकाका नागरिकले समेत सेवा लिँदै आएको छन् । त्यस्तै छिमेकी जिल्ला बैतडी र डोटीका नागरिकले पनि यहाँबाट सेवा लिँदै आएका छन् ।

डा. मल्लले बिरामी बढ्दै गएकाले हरेकले व्यक्तिगत सरसफाइमा ध्यान दिन, उमालेको वा फिल्टर गरिएको पानी मात्र सेवन गर्न र अस्वच्छ खानपानबाट टाढा रहन सुझाव दिएका छन्। स्क्रब टाइफसको जोखिम भएकाले जंगल–झाडीमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउन, सामान्य ज्वरो वा अस्वस्थता अनुभव भए पनि समयमै स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न उनले आग्रह गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज