Advertisement

सपनासहित राजधानी गएका बझाङका सुवास आन्दोलनमै अस्ताए

Advertisement

धनगढी- बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खालीका २३ वर्षीय सुवास बोहराको सोमबार दिउँसो संसद भवन अगाडिको प्रदर्शनस्थल नजिकै गोली लागी मृत्यु भएको छ।
बिरामी आमाको उपचार, बेपत्ता बुबाको खोजी र भाइहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने सपना बोकेर राजधानी आएका सुवास जापान जाने तयारीमा थिए। तर, जापान उड्ने मिति कुर्दाकुर्दै उनी आन्दोलनकै क्रममा सधैंका लागि विदा भए।
चार महिनादेखि बुबासँग सम्पर्क विच्छेद भएको थियो भने आमा भारतमा श्रम गर्दै उपचार गराइरहेकी थिइन्। सुवासले केही महिनाअघि प्लस–टु सकेर जापानी भाषा सिक्न काठमाडौं गएका थिए। आर्थिक अभावका कारण प्रस्थान मिति पर्खिरहेका उनी रकम जुटाउने संघर्षमै थिए।
उनका आफन्त प्रदीप खड्काका अनुसार आर्थिक समस्या समाधान नहुँदा सुवास निकै निराश थिए। जापान उड्नुअघि नै आन्दोलनमा परेको गोलीले उनको जीवन अन्त्य गरिदियो।
हाल सुवासको शव काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलमा राखिएको छ। गाउँमा गुणस्तरीय शिक्षा अभाव र घरको कमजोर आर्थिक अवस्थाका कारण उनले भाइलाई पनि काठमाडौंमा साथमा राखेका थिए। जापान गएपछि भाइलाई राम्रो विद्यालयमा भर्ना गर्ने उनको सपना अधुरै बनेको छ।
छोराको निधनको खबरले आमा विक्षिप्त बनेकी छिन्। उनी अहिले भारतबाट काठमाडौं आउने तयारीमा छिन्,

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज