Advertisement

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

Advertisement

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म चलेर आज सकिँदैछ।

महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० समूहमा विभाजन गरेर प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा प्रतिनिधिहरूले छलफल गरेका थिए। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो समूहगत प्रतिवेदन तयार गरिरहेका छन्। आइतबार यी प्रतिवेदन समूह नेतामार्फत महाधिवेशन हलमा प्रस्तुत गरिनेछ।

शनिबार दिनभर चलेको छलफलपछि प्रतिवेदन लेखन सुरु भएको एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन्। सहभागीहरूले दिएका सुझावलाई आधार बनाएर प्रतिवेदन लेखिएको उनले बताइन्।

पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख गौतमका अनुसार आइतबार सबै प्रतिवेदन प्रस्तुत भएपछि अध्यक्ष केपी शर्मा ओलीले उठेका जिज्ञासामा जवाफ दिनेछन्। कुनै विषयमा सहमति नजुटेमा मतदानमार्फत टुंगो लगाइने तयारी छ। सकेसम्म सबै समूहका सुझावलाई समेटेर एकीकृत पार्टी विधान पारित गर्ने तयारी एमाले नेतृत्वको छ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसहितको प्रतिवेदन प्रस्तुत गरेका छन्। यी विषयमा समूहगत छलफल विशेष महत्वका साथ गरिएको नेकपा (एमाले) काभ्रेपलाञ्चोकका अध्यक्ष राजन भुर्तेलले बताए।

राजनीतिक प्रतिवेदनमा मुलुकको वर्तमान राजनीतिक अवस्था, सङ्घीयता, अर्थतन्त्र र सरकार सञ्चालनबारे विस्तृत बहस भएको छ। सङ्गठनात्मक प्रतिवेदनमा सदस्यता विस्तार, कमिटी गठन, प्रशिक्षण र आन्तरिक अनुशासनलाई केन्द्रमा राखिएको छ भने विधान संशोधन प्रस्तावबारे पनि छलफल गरी निष्कर्ष निकालिनेछ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार, प्रतिवेदनमा उत्कृष्ट सुझाव समावेश गर्न समूह नेताहरू सक्रिय रूपमा लागिपरेका छन्। महाधिवेशनमा “नेपाली विशेषताको समाजवाद” शीर्षकमा प्रस्तुत दस्तावेजमार्फत अध्यक्ष ओलीले सोभियत मोडेलभन्दा फरक, नेपालमै उपयुक्त समाजवादको व्याख्या गरेका छन्।

दस्तावेजमा बहुलता र विविधतालाई समाजवादी राज्य प्रणालीमा सामञ्जस्यका साथ अघि बढाइने र विविधतामा एकतालाई प्रवर्द्धन गरिने उल्लेख गरिएको छ। एमालेको यो विधान महाधिवेशनले आन्तरिक बहसमार्फत संगठनलाई सबल बनाउँदै आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने आधार तय गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज