काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली भएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहने र कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशका पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहँदा गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहने जनाएको छ।

