Advertisement

उत्तराखण्डको बाढीमा ४ को मृत्यु, ५० भन्दा बढी बेपत्ता

Advertisement

भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढीका कारण ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रस्थित खीरगंगा नदीमा मंगलबार दिउँसो साढे १ बजे आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको हो।

बाढीले गंगोत्री मार्ग अन्तर्गत पर्ने धराली बजारलाई पूर्णरूपमा तहसनहस बनाएको छ। स्थानीय बस्तीहरू, घर, पसल, होटल, होम स्टे र सैनिक क्याम्पसमेत बगाएको छ। उत्तरकाशीका जिल्ला अधिकारी (डीएम) प्रशान्त आर्यका अनुसार लेदोसहितको बाढीले भौतिक संरचनाहरूमा समेत ठूलो क्षति पुर्‍याएको छ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडिओहरूमा नदीमा अचानक आएको बाढीले किनारका घरहरू र पसलहरू बगाउँदै लगेको दृश्य देखिन्छ।

घटनापछि भारतीय सेना, एनडीआरएफ र स्थानीय प्रशासनका १५० भन्दा बढी सुरक्षाकर्मी उद्दारमा खटिएका छन्। लेदो र मलिलो माटोको कारण उद्धारमा कठिनाइ भैरहेको जनाइएको छ। त्यस क्षेत्रका प्रभावित स्थानहरूमा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिएको छ भने राहत सामग्री वितरण कार्य पनि भइरहेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न प्रदेश सरकारलाई निर्देशन दिएका छन्। विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले पनि राहत कार्य तीव्र पार्न सरकारसमक्ष माग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज