Advertisement

ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे पत्रकार सम्मेलन

Advertisement

जगदीश रोकाया, बझाङ-  सदरमुकाम चैनपुरमा यही साउन १९ गतेदेखि सुरु हुने ऐतिहासिक तथा धार्मिक सुर्मादेवी बिरीजात मेलाबारे आयोजकले पत्रकार सम्मेलन गरेको छ ।

आयोजक सुर्मा सरोवर युवा समाजले पत्रकारहरूलाई मेलाको सम्पूर्ण तयारी तथा मेला अवधिभर आयोजना गरिने गतिविधिहरूको बारे जानकारी दिन पत्रकार सम्मेलन गरेको हो । सो अवसरमा मेलामा प्रदान गरिने भलिबल प्रतियोगिता ट्रफीको अनावरण समेत गरिएको छ ।

मेला साउन १९ गतेदेखि २२ गतेसम्म सुर्मा गाउँपालिका–३, ठकुन्नामा आयोजना हुनेछ। मेलाको औपचारिक उद्घाटन साउन २० गते गरिने आयोजक समितिका अध्यक्ष शान्त बोहराले जानकारी दिए ।

मेलाको अवसरमा महिला–पुरुष भलिबल प्रतियोगिता, ढाँकी नाच प्रतियोगिता तथा डेउडा खेल जस्ता विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिने बताइएको छ।

कार्यक्रममा बोल्दै आयोजकहरूले सुर्मा सरोवरसम्मको खालि खुट्टा यात्रा, बिचबाटोमा पारंपरिक ‘पर्छौँ’ गर्ने चलन, स्थानीय भेषभूषा, मागल फाग, चाँभाइ खेल लगायतका पक्षहरूलाई मेलाको मुख्य आकर्षणको रूपमा प्रस्तुत गरेका छन्।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंहले कार्यक्रम सञ्चालन गरेका थिए । उनलेे  मेलाको प्रचारप्रसारमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने भन्दै सबैको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

मेलालाई सभ्य, भव्य र व्यवस्थित ढंगले सम्पन्न गर्न सुर्मा गाउँपालिकाका सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज