बझाङ– बझाङको सदरमुकाम चैनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।
जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित सन्दीपन बोहराको कोठाबाट करिब १०० ग्राम लागुऔषध बरामद गरिएको हो। प्रहरीले २४ वर्षीय सन्दीपन बोहरा र सुर्मा गाउँपालिका–२ का २८ वर्षीय सागर बोहरालाई सोही कोठामा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, बझाङले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

