बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरले कुल २ लाख ३० हजार कित्ता सेयर जारी गर्न लागेको हो।
कम्पनीद्वारा जारी सूचनाअनुसार बुङ्गल नगरपालिका वडा नं. ६ र ७ मा पर्ने अति प्रभावित क्षेत्रका स्थानीयका लागि कुल सेयरको ६५ प्रतिशत अर्थात १ लाख ४९ हजार ५०० कित्ता छुट्याइएको छ।
त्यसैगरी बुङ्गल नगरपालिका अन्तर्गत अन्य वडाहरू — १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीयवासीका लागि बाँकी ३५ प्रतिशत अर्थात ८० हजार ५०० कित्ता सेयर उपलब्ध गराइनेछ।
दरखास्त दिने समय असार २९ गतेदेखि श्रावण ११ गतेसम्म तोकिएको छ ।


