Advertisement

मंसिर ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ देखाउँछौंः क्षितिज थेबे

Advertisement

काठमाडौं, २ मंसिर । नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले आगामी ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने सरकारलाई देखाइदिने बताएका छन् । हिजो (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले सरकारको अकर्मन्यताको विरुद्ध युवा संघ सडक संघर्षमा आउन लागेको बताएका हुन् । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले जातको नाममा सामाजिक सद्भाव भड्काउने काम गरेको आरोप लगाए । उनले केही मान्छेहरुले अभियान्ताको नाममा लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति दिन खोजेको बताए ।

‘एउटा जातको नाममा सामाजिक सद्भाव भड्काइन्छ । त्यसको नाइकेको रुपमा सरकारका प्रमुख उभिन्छन् र प्रस्तुति दिइन्छ । धर्मका नाममा सामाजिक सहिष्णुता भड्काइदिन्छ । अभियानका नाम व्यवस्थामाथि चुनौति दिइन्छ,’– उनले भने ।

आगामी मंसिर ७ गते माइतीघरमा युवा संघले लगाएको नाराले सिंहदरबारमा बसेको नालायक सरकार तर्सिने उनको दाबी छ । साथै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न मिथ्या आरोप लगाइएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशन: कैलाली–५ बाट लक्ष्मी रिजाल केसीको उम्मेदवारी

धनगढी- नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली क्षेत्र नं. ५ बाट लक्ष्मी रिजाल केसीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घ...
हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

हजारौँ विद्यार्थीका ‘रेग्मी सर’, ३७ वर्षपछि शिक्षण सेवाबाट अवकाश

धनगढी- लामो समयदेखि शिक्षण पेशामा समर्पित शिक्षक चक्रप्रसाद रेग्मीले ३७ वर्ष ९ महिना १९ दिनको शिक्षण सेवा पूरा गर्दै अनिवार्य अवका...
भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि सुदूरपश्चिमेली नेपाली समाज भारतद्वारा २ लाख ८ हजार सहयोग

धनगढी- सुदूरपश्चिमेली नेपाली समाज भारतले भोटेकोशी बाढीबाट परिवारको राहत तथा पुनःस्थापनाका लागि २ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ।...
दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङबाट ‘सेफ राइड’को सुरुवात, एक वर्षमा एक लाख स्वरोजगार सिर्जना गर्ने लक्ष्य

दाङ- अमेरिकामा रहेका नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) को लगानीमा स्थापना भएको राइड–सेयरिङ कम्पनी ‘सेफ राइड’ले आफ्नो सेवा दाङबा...
तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

तीजको रमझम स्थगित गर्दै भोटेकोशी बाढीपीडितको घाउमा मलम

पुणे- नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजना गर्न लागिएको कार्यक्रम स्थगित गर्दै भारतको महाराष्ट्रस्थित अखिल व...
बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

बाढी प्रभावितका लागि यूएसभी फर्मास्युटिकल्सको डेढ करोड सहयोग

नेपाल चिकित्सक सङ्घको राहत अभियानमार्फत ३०० घरधुरीका १,५०० जना लाभान्वित हुने काठमाडौं, भदौ २६ — हालैको बाढीबाट प्रभावित परिवार...
बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

बझाङको विकासमा दलभन्दा माथि उठेर काम गर्न सांसद महरको आग्रह

रमेश केसी- प्रतिनिधिसभा सदस्य ऐन महरले बझाङको विकास र गरिबी निवारणका लागि दलगत स्वार्थभन्दा माथि उठेर साझा उद्देश्यका साथ अघि बढ्न...
जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

जन्मदिनमा समाजसेवा रोजे बहादुर खड्काले, ४२ विद्यार्थीलाई शैक्षिक सामग्री

धनगढी- कैलालीकाे गौरीगंगा नगरपालिका-६ का समाजसेवी युवा नेता बहादुर खड्काले आफ्नो जन्मोत्सवको अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत वि...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज