काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ। शनिबार पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा चयन गरेको हो।
त्यस्तै, कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई आधिकारिक प्रवक्ताको जिम्मेवारी दिइएको छ। प्रवक्ता झाका अनुसार पार्टीले आज स्थापना दिवस विभिन्न कार्यक्रममार्फत मनाइरहेको छ।
महामन्त्री मुकुल ढकाल पार्टीबाट बाहिरिएपछि यी दुवै पद कार्यवाहककै भरमा सञ्चालन हुँदै आएका थिए।

