हाल देशका अधिकांश भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षासहित हिमपात पनि हुन सक्छ।
मौसमको यस प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

