काठमाडौं : नेपालमा पहिलो पटक शल्यक्रियामार्फत लिंग परिवर्तन गरिएको छ। नेपालमा पहिलो पटक शल्यक्रियामार्फत लिंग परिवर्तन गरिएको त्रिवि शिक्षण अस्पतालको प्लास्टिक सर्जरी विभागले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता सह प्रा.डा गोपाल सेढाइले अनुहार तथा स्तनका विभिन्न अप्रेशनहरुका साथै नेपालमै पहिलो पटक लिंग परिवर्तन अपरेशन (महिलाबाट पुरुष) बनाइएको जानकारी दिएका हुन्।


