Advertisement

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

Advertisement

काठमाडौँ, १४ जेठ । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आगामी १७ र १८ गते हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने दुई दिने महाधिवेशनको उद्घाटन गर्न पहिलो दिन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आउने महासंघले जनाएको छ ।
महाधिवेशनबारे जानकारी दिन महासंघले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा झलक गौतमले देशभरबाट आउने ५०० बढी प्रतिनिधिले नयाँ नेतृत्व छनौट गर्ने समेत जानकारी दिए ।

महासंघले यसअघि रहेको १७ जनाको पदाधिकारी सहित १५१ सदस्यीय कार्यसमितिलाई घटाएर ९९ मा झारेको छ । यस्तै पदाधिकारीको संख्या पनि घटाएर ९ मा झारिएको बताए ।

उनले महाधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरि काम भईरहेको समेत जानकारी गराए ।

विसं २७ जेठ २०६२ सालमा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल बिस्तार भएर २०७८ चैतमा भएको चौथो महाधिवेशनका बेला महासंघमा रुपान्तरित भएको थियो । अहिले महासंघसंग ८ वटा घटक रहेको छ ।

अध्यक्ष डा गौतमले हालसम्म ८ वटा प्रदेश, ७१ वटा जिल्ला, ५ वटा विशेष जिल्ला, ८ वटा घटक, २८७ वटा स्थानीय कमिटि अन्य कमिटि गरी ४०० भन्दा बढी कमिटि रहेको समेत बताए । उनले महासंघ नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा चलायमान र देशव्यापी व्यवस्थित संगठित सञ्जाल भएको सबैभन्दा ठूलो संगठन हो भनेर दावी गरे ।

सामान्य तालीम प्राप्त देखि विशेषज्ञ स्वास्थ्यकर्मीहरु यस महासंघमा आवद्ध रहेको डा गौतमले जानकारी दिए ।

यसैबीच पत्रकार सम्मेलनकै अवसरमा एमाले स्वास्थ्य विभाग प्रमुख समेत रहेका नेता कृष्णगोपाल श्रेष्ठले अधिवेशनको लोगो समेत सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रास्वपाका जिल्ला संगठन विभाग उपप्रमुखसहित ७६ जना नागरिक उन्मुक्ति पार्टीमा समाहित

रमित ओली, कैलारी - कैलाली कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेसलगायत विभिन्न राजनीतिक...
एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

एक दिनको खाजा त्यागेर पीडित परिवारको घाउमा मलम लगाउँदै बोन्ड स्कुल परिवार

रमित ओली, कैलारी - रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका कैलारी गाउँपालिकाका दुई जनाका परिवारलाई कैलारी गाउँपालिका–५...
एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

एमएमए फाइटर रबिन्द्र ढाँटलाई बित्थडचिर खेलकुद समितिको स्वागत तथा बिदाइ

धनगढी- बझाङको बित्थडचिर गाउँपालिका खेलकुद विकास समितिले एमएमए फाइटर रबिन्द्र ढाँटलाई स्वागत तथा बिदाइ गरेको छ। आफ्नो प्रतिद्वन्द्...
भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

भोजबहादुर बमद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

धनगढी- कैलाली क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष)...
बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

बित्थडचिर कांग्रेसको सभापतिमा मानबहादुर बोहरा ‘मन्नो’ निर्वाचित

धनगढी- बझाङको बित्थडचिर गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ। असोज ७ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ अ...
रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

रुखबाट लडेर कैलालीमा ४० वर्षीया महिलाको मृत्यु

धनगढी- कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय प्रेमबहादुर साउदकी ४...
खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

खप्तडछान्नाका जनतामाझ किन बलियो देखिए कलक खत्री ?

बझाङ: नेकपा (एमाले) बझाङ तथा खप्तडछान्ना गाउँपालिकाका सक्रिय र प्रभावशाली नेताका रूपमा परिचित कलक खत्री आगामी स्थानीय तह निर्वाचनम...
राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

राप्रपा बझाङमा अधिवेशन विवाद, ‘झ्यालबाट’ नेतृत्व चयन गरिएको आरोप

बझाङ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बझाङको जिल्ला अधिवेशनलाई लिएर पार्टीभित्र विवाद र असन्तोष सतहमा आएको छ। वडा तथा पालिक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज