Advertisement

विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड खेल्दै

Advertisement

इतिहास न्युजिल्यान्डको पक्षमा, भारतलाई सन् २०१९ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । मुम्बईको वांखेडे रंगशालामा नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि खेल सुरु हुने छ । जारी विश्वकपमा अपराजित रहँदै भारतले सेमिफाइनल यात्रा तय गरेको हो । भारतले विश्वकपमा सहभागी सबै टिमलाई यस पटक समूह चरणमा पराजित गरेको छ ।

सन् २०१९ मा विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर पनि भारतलाई छ । तर, विश्वकपसहित आईसीसीका प्रतियोगितामा भने रेकर्ड न्युजिल्यान्डको पक्षमा रहेको छ । यसै पटकको समूह चरणमा हराउनुअघि भारतले न्युजिल्यान्डलाई सन् २००३ को विश्वकपमा पराजित गरेको थियो ।

सौरभ गांगुलीको नेतृत्वमा रहेको भारतीय टिमले न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो । त्यसयता भने आईसीसीका सबप्रतियोगितामा भारत न्युजिल्यान्डसँग पराजित हुँदै आएको छ । अहिलेसम्म आईसीसीका १० प्रतियोगितामा भारत-न्युजिल्यान्ड आमनेसामने हुँदा ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ । जारी विश्वकपमा भने समूह चरणका ९ खेलमध्ये ५ खेलमा जित हात पार्दै न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको हो । 

विश्वकपको दोस्रो सेमिफाइनल बिहीबार दिउँसो अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज