धनगढी, कैलाली । भागेश्वर एकेडेमी परिवारले आफ्ना पूर्व विद्यार्थी स्व. उत्तम प्रसाद ढुङ्गानाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।
स्व. ढुङ्गाना विगत एक महिनादेखि भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत थिए। कलेजोमा देखिएको गम्भीर समस्याका कारण उहाँको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पछाडि लामो समय आई सि यु र भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि, दुर्भाग्यवश, स्वास्थ्यमा अपेक्षित सुधार नआउँदा आज अल्पायुमा उहाँको दुःखद निधन भएको खबरले सम्पूर्ण परिवार, आफन्त र शिक्षालय परिवारलाई स्तब्ध बनाएको छ।
पीडा यति गहिरो छ कि शब्दमा व्यक्त गर्न कठिन छ। भागेश्वर एकेडेमी परिवारले स्व. ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै यो कठिन घडीमा धैर्य र शक्ति मिलोस् भन्ने कामना गरिएको छ।
एकेडेमीले दिवंगत आत्माको सम्मानमा २०८१ साल वैशाख १४ गतेका लागि एक दिन शोक बिदा दिने निर्णय गरेको जनाएको छ।

