काठमाडौं- कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलबार बस्ने भएको छ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार बैठकले परीक्षा वैशाख ११ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने कि नगर्ने टुंगो लगाउनेछ।
शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन्। शिक्षक महासंघको आह्वानमा गत चैत २० देखि माइतीघर–बानेश्वर क्षेत्रमा उनीहरूले दैनिक प्रदर्शन गर्दै आएका छन्।
सरकार र शिक्षक महासंघबीच पटक–पटक वार्ता भए पनि सहमति हुन सकेको छैन। यस्तैमा शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छिन्।

