काठमाडौं- स्थानीय तथा पश्चिमी वायुको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा देशका अन्य भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
राति पनि कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

