Advertisement

कक्षा १२ को परीक्षा यथावत्: विद्यार्थीलाई भ्रममा नपर्न बोर्डको आग्रह

Advertisement

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार यथावत् सञ्चालन हुने स्पष्ट पारेको छ।

शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित भएको भन्ने भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएको भन्दै बोर्डले यस्तो प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै विद्यार्थीलाई भ्रममा नपरी तयारीमा जुट्न आग्रह गरेको छ।

बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित भएको भनेर सामाजिक सञ्जालमा प्रचार गरिएको सूचनालाई अनाधिकृत बताएको छ। बोर्डको लेटरप्याड र अध्यक्षको हस्ताक्षर नक्कली प्रयोग गरेर यस्तो सूचना सार्वजनिक गरिएको भन्दै बोर्डले दोषीमाथि साइबर कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

साथै, परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन गर्न अभिभावक, शिक्षक र विद्यालय प्रधानाध्यापकलाई समन्वय र सहकार्य गर्न पनि बोर्डले अपिल गरेको छ।

बोर्डले सूचना केवल आफ्नो आधिकारिक वेबसाइटबाट मात्र हेर्न अनुरोध गर्दै अन्य माध्यमबाट आएको जानकारीप्रति विश्वास नगर्न विद्यार्थी, अभिभावक र सरोकारवालालाई आग्रह गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज