Advertisement

चिसापानी मोहन्याल सडक स्तरोन्नति गरिँदै

Advertisement

चिसापानी–मङ्गलसैन सडकअन्तर्गत कैलालीमा पर्ने १६ किलोमिटर लामो खण्डको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ।

सडक निर्माणका लागि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाउन वन तथा वातावरण मन्त्रालय र सडक विभागबीच सम्झौता भएसँगै उक्त सडकखण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको सडक विभागको महेन्द्रनगरस्थित कार्यालयका इन्जिनियर हरिसप्रसाद जोशीले जानकारी दिए।

रूख कटानीको आदेश नआउँदा उक्त सडक स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन। कैलालीको लम्कीचुहा नगरपालिका–३ देखि मोहन्याल गाउँपालिका–७ सम्मको यो सडकखण्ड १६ किलोमिटर लामो छ। यसमध्ये आठ किमी सडकखण्डको स्तरोन्नतिका काम सडक विभागमार्फत सुरु भइसकेको इन्जिनियर जोशीले बताए। यसका लागि नेपाल सरकारले चालु आर्थिक वर्षमा दुई करोड २० लाख बजेट विनियोजन गरेको जनाइएको छ।
कैलालीको पूर्वी भेगबाट पहाडी जिल्लातर्फ जाने यो सडकलाई नेपाल सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक योजनामा पारे पनि लामो समयदेखि स्तरोन्नतिको काम अगाडि बढेको छैन। यसअघि, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाउन वन तथा वातावरणमन्त्री र सचिव, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतसँग भेटवार्ता गरेका थिए।
भेटवार्तापछि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाएर सडक स्तरोन्नति गर्नेबारे सम्बन्धित निकायबीच सम्झौता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। उक्त सडकमा पर्ने राष्ट्रिय वन क्षेत्रको आठ दशमलव ९२ हेक्टर जग्गा प्रयोग गर्न र जग्गामा रहेका चार सय ७२ रूख हटाउन सहमति भएको जनाइएको छ। प्रदेशको गौरव योजनाअन्तर्गत राखिएको चिसापानी–मङ्गलसैन सडकका लागि प्रदेश सरकारले चालु वर्षमा ५१ करोड १७ लाख बजेट विनियोजन गरेको छ। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज