दार्चुला- दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–५, सौकेबगडमा टिप्परले ठक्कर दिँदा ५५ वर्षीय हरसिंह ऐरीको मृत्युु भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतका अनुसार, सौकेबगडबाट होपरीगाड जाँदै गरेको बा. ३ च. २३९९ नम्बरको टिप्परले आइतबार दिउँसो ठक्कर दिँदा ऐरीको घटनास्थलमै मृत्यु भएको हो।
टिप्पर चालक संखुवासभाको चौनपुर नगरपालिका–७ का २४ वर्षीय सुरज तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

